Logo

गाईलाई किन भनिन्छ गौमाता ? जान्नुहोस हिन्दु धर्ममा गाईको महत्व !



ज्योतिष शास्त्रमा, शनिलाई न्यायाधीश मानिन्छ । जसको कुंडलीमा शनि अशुभ बसेको हुन्छ उनीहरुको जीवनमा सफलता मिल्न सक्दैन वा मुस्किल हुन्छ । कुनै पनि काममा सफलता प्राप्त गर्नको लागि कडा काम गर्नुपर्छ,पैसासँग सम्बन्धी काममा बाधाहरू धेरै आउँछन,जसले गर्दा मानिसले गरिबीको सामना गर्नुपर्छ।

आज हामी तपाईहरुलाई शनिदोषलाई कसरी हटाउने भन्ने बारेमा जानकारी गराउँदैंछौं जसले तपाईलाई जीवनमा अगाडी बढ्न ठुलो सहयोग गर्नेछ । हामीले गाईलाई गौमाता भन्छौं र हिन्दु धर्ममा गाईलाई लक्ष्मीको रुपमा पनि पुजा गर्ने गरिन्छ । पछिल्लो समय बढ्दो शहरीकरण र विलासिताको कारण गाई पालन गर्नेहरु विस्तारै कम हुँदैछन । अहिले पुजा पाठ गर्दा अरुको गाईलाई नैं प्रचलनको पनि विकास हुँदैछ । घरमा अन्य जनवार भन्दा गाई हुनु लाभदायक हुने कुरा धर्मशास्त्रमा मात्रैं होईन विज्ञानले पनि यो कुरालाई प्रमाणित गरेको छ ।

पहिलो तरिका
आज शनिवार तपाईले १९ हात लामो कालो धागो साथमा लिनुहोस र यसको लामो माला बनाउँनुहोस । यसपछि यसलाई शनिदेवलाई चढाउँनुहोस केही समय पछि यसलाई आफ्नो घाँटीमा मालाको रुपमा लगाउँनुहोस । यदि तपाई घाँटीमा लगाउँन चाहानुहुन्न भने दाईने हातमा बाँध्न पनि सक्नुहुन्छ जसले
शनिदोषलाई कम गर्नेछ । यसको प्रयोगले शनिको क्रोध कम गर्न सकिन्छ ।
दोस्रो तरिका
हरेक शनिबार शनिदेवको उपासना राख्नुहोस् र सुर्यास्तको समयमा हनुमानजीको पुजा गर्नुहोस । ख्याल गर्नुहोस पुजा गर्दा सिन्दुर,कालो तिलको तेलको
दिप र नीलो फूलहरू पूजामा चढाउनुपर्छ । हुनुमान भक्तहरुलाई शनिले कुनै असर गर्न सक्दैन ।
तेस्रो तरिका
शनिबार बाँदर र कालो कुकुरलाई लड्डु खाना दिनुहोस । यस उपायले हनुमानजी संगै शनिदेव पनि प्रसन्न हुनुहुनेछ ।
चौथो तरिका
कुमकुम र चामलको साथमा कालो गाईको पुजा गर्नुहोस्। बुंदीको लड्डु गाईलाई ख्वाउँनुहोस र गाईको वरिपरी परिक्रमा गर्नुहोस । गाईको पूजा गर्दा सावधानी अपनाउँनुहोला । यस उपायबाट शनि को दोषहरू हटाउन सकिन्छ।
पाँचौं तरिका
शनिबार एक कटौरामा तेल लिनुहोस् र यसमा तपाईंको अनुहार हेर्नुहोस्। त्यस पछि, त्यो तेल कुनै गरीब व्यक्तिलाई दान गर्नुहोस्।
शनिबारको कारक हो शनि
हप्ताको सात दिनको लागि विभिन्न प्रकारका ग्रहहरू छन्। शनि शनिवारको स्वामी ग्रह हो यस दिन शनिको विशेष उपाय गर्दा तपाईको कुन्डलीमा भएका धेरै दोषहरू हटाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार