२०८१, ७ बैशाख शुक्रबार

पाथीभराको भेटी रु ५० लाख सङ्कलन

पाथीभराको भेटी रु ५० लाख सङ्कलन


ताप्लेजुङ, १४ मङ्सिर: प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकीे छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् । वार्षिक स्वदेशी तथा विदेशी गरी रु दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ मंसिर शुक्रबार  ८ : १६ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता