२०८१, ८ बैशाख शनिबार

सिन्धुपाल्चोकमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने

सिन्धुपाल्चोकमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने


चौतारा, १२ मंसीर सिन्धुपाल्चोकमा आगामी पुस दोस्रो साता जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी पुस १५, १६ र १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा हुने तीन दिवसीय सो सम्मेलनमा ७७ जिल्लाका समन्वय समितिका सभापतिको सहभागिता रहनेछ ।

स्थानीय तहको गठन पश्चात् जलवायु परिवर्तन अनुकूल योजना बनाउने उद्देश्यले गरिने सो भेलामा विज्ञ समूहबाट जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रस्तुत हुनेछ । घोषणापत्र जारी गरेर सम्मेलन समापन हुने जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो ।

सम्मेलनमा विषयगत मन्त्रालयका मन्त्री सातवटै प्रदेशका मुख्यमन्त्री, प्रदेश ३ का मन्त्री, जिल्लाका सांसद, जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, विज्ञ समूह र प्रायोजक एजेन्सीका प्रतिनिधिको सहभागिता रहनेछ ।

जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घको आयोजनामा हुने सो सम्मेलनको जिल्ला समन्वय समिति सिन्धुपाल्चोक मुख्य व्यवस्थापक रहेको छ । सम्मेलनमा करीब रु ६४ लाख ४० हजार बजेट खर्च हुने बताइएको छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ७ : १३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता