२०८०, १५ चैत्र बिहीबार

‘उहिलेको पोखरा’मा बाल्यकाल खोज्दै पोखरेली

‘उहिलेको पोखरा’मा बाल्यकाल खोज्दै पोखरेली


चिप्लेढुङ्गा, १२ मङ्सिर : पोखरा महानगरपालिका वडा नं २ भैरवटोलका आनन्दराज मुल्मीको सटरसहितका दुई कोठाभरि पुराना तस्वीर सजिएका थिए । एक हुल स्थानीयवासी आफ्नो बाल्यकाल बिताएका ठाउँको पहिचानको खोजी गर्दै थियो । पुराना तस्वीरमा घोरिइरहेका थिए वरिष्ठ व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’ । एक टक पुराना तस्वीरमा अडिएका उनका आँखाले उनलाई आफ्नो बाल्यकाल र यौवनावस्थामा पु¥याएको हुनुपर्छ ।

“ओहो, त्यो पल स्मृतिमा निकै ताजा भए, हिँडेका बाटाहरु, खेलेका चौरहरु कति छिटो यसरी परीवर्तन भएछ” उनले तस्वीरबाट नजर उतार्दैँ भने, “विन्ध्यवासिनी, साघुँमुख, वरिपरिका बजारका ती पुराना तस्वीरले बाल्यकालमा बाबाको हात समातेर हिँडेको, डुलेको र खेलेको यादहरु ताजा भए ।” उनले प्रत्येक तस्वीरमा आफ्नो अतीत खोजिरहेका थिए । यसरी नै अग्रज पत्रकार नारायण कार्की पुराना तस्वीरलाई केलाइरहेका थिए । बाँस र काठले बनाएका पुलमा तर्दै गरेका मानिसको तस्वीर आफूलाई विशेष लागेको उनले बताए ।

“फुटे साँघु भन्थे अग्रजहरु के रहेछ भनेको यो साँघु पो रहेछ”, उनले तस्वीरतिर इङ्गित गर्दै भने । पोखराले हेर्दाहेर्दै कसरी आफ्नो स्वरुप बदलेछ यी तस्वीरले देखाइदियो । उनले भने, “यी तस्वीरले इतिहास, भूगोल, संस्कृति र सामाजिक विकासक्रमलाई जीवन्त रुपमा देखाएको छ ।” उनले पोखराका पहिलो फोटो पत्रकार जगन्नाथ उलकले गरेको योगदान र ती पदचाप पछ्याउँदै उनका छोरा सुनिलले सङ्कलन गरेर सङ्ग्रहालय खोल्नु निकै प्रशंसनीय भएको बताए । कोषका अध्यक्ष सुनिलले तत्कालीन समयका ती तस्वीर आफैँमा ऐतिहासिक दस्तावेज भएको बताए ।

“यी महत्वपूर्ण र ऐतिहासिक तस्वीरहरु यत्तिकै घरमा राख्दा यसको जतन गर्न गाह्रो हुने भएकाले सङ्ग्रहालय बनाएर सञ्चालनमा ल्याएका हौँ ।” उनले केही आफ्ना पिताले खिंचेको तस्वीर आफूले सङ्कलन गरेको र केही विदेशी फोटोग्राफरले खिंचेका तस्वीरको सङ्कलन गरेर सङ्ग्रहालयमा राखिएको जानकारी दिए ।  “यो सानो प्रयासले पनि बुबाको सपना साकार भएको महसुस हामीले गरेका छाँै ।” उनले भने । पुराना तस्वीर नयाँ पुस्तालाई देखाउने उद्देश्यले सङ्ग्रहालय सञ्चालनमा ल्याइएको उनको भनाइ छ । “पोखराको तत्कालनि अवस्था, सामाजिक परिवेश, रहनसहन र संस्कृति सबै कुरा पुराना तस्वीरले उजागार गरेको छ । हजार शब्दमा ब्यक्त गर्न नसकिने कुरा एउटा तस्वीरले बोलेको हुन्छ ।

हामीले यसको महत्वलाई स्थापित गर्ने प्रयास गरेका हौँ ।” उनले भने । झण्डै एक हजार पाँच सय तस्वीरमध्ये ठाउँ अभावका कारण २५० जति तस्वीर मात्रै प्रदर्शनी कक्षमा राख्न सफल भएको उनले बताए । पुराना तस्वीरमा हाम्रो संस्कृति, विभिन्न स्थान, यातायतका साधन, विद्यालय, बाल्यकालको जीवन, महिला उद्यमशीलालगायत विधा छुट्याएर राखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सङ्ग्रहालयका लागि आफ्नै निवासका सटरसहित दुई कोठा निःशुल्क उपलब्ध गराएपछि औपचारिक रुपमा सङ्ग्रहालय स्थापना भएको हो ।

”यी ऐतिहासिक फोटोले तत्कालीन समयको पोखराको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाको चित्रण गरेको छ”, मुल्मीले भने, “पोखराको चरणबद्ध विकास तस्वीरमा छन् । पोखरालाई माया गर्नेहरुका लागि यो एउटा आकर्षण बन्न सक्छ । पोखराको विकासक्रमलाई अध्ययन गर्नेहरुका लागि पनि उपयुक्त हुन्छ ।” उनले महानगर सुन्दर बनाउने दायित्व सबैको भएकाले आफू महानगरको नागरिक भएको नाताले कर्तव्य पूरा गरेको बताए । तस्वीर हेर्दै गर्दा बालापनमा साथीसँगीसँग घुमेको, खेलेका हरेक पल स्मृतिमा ताजा भएको उनले बताए ।

जगन्नाथ उलक स्मृति कोषले उलकको ९५ औंँ जन्मजयन्तीका अवसरमा उहिलेको पोखरा सङ्ग्रहालयका रुपमा सञ्चालनमा ल्याएको हो । पोखरा महानगरपालिका वडा नं २ भैरवटोलमा पुराना तस्वीर सङ्ग्रह ‘उहिलेको पोखरा’ ऐतिहासिक तस्वीरको प्रदर्शनी कक्ष महानगरका पिता मानबहादुर जिसीले औपचारिक उद्घाटन गरेका हुन् । जिसीले पर्यटकीय नगरी पोखराको सो सङ्ग्रहालय पोखराको ऐतिहासिक विकासक्रम बुझ्न खोज्नेका लागि पाठशाला हुने बताए ।

पोखरालाई माया गर्ने मनहरुको अग्रसरतामा स्थापित सङ्ग्रहालयलाई महानगरले छिट्टै उपयुक्त विकल्प खोजेर ब्यवस्थित प्रदर्शनी कक्षमा सारिने प्रतिबद्धता व्यक्त गरे । “पोखरालाई माया गर्ने मान्छेबाट नै महानगरलाई झनै सुन्दर बनाउन सकिन्छ”, उनले भने “यस्ता राम्रो कामका लागि महानगर सधैँ साथसाथ अघि बढ्न तयार छ ।” प्रदर्शनी कक्षमा सन् १९५८ मा जापानी टोलीले खिंचेको तस्वीर र पिसकोर भोलेन्टियरबाट सन् १९६२ देखि १९७५ सम्म खिंचेका पुरानो पोखरा चिनाउने तस्वीर राखिएका छन् । तस्वीर प्रदर्शनीको अवलोकनका लागि नेपालीलाई रु ५०, विदेशीलाई रु १०० र विद्यार्थी तथा वृद्धवृद्धालाई रु २५ टिकट दर तोकिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ५ : १६ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय