२०८१, ६ बैशाख बिहीबार

प्रदेश नं ३ को पाँच विधेयक पारित

प्रदेश नं ३ को पाँच विधेयक पारित


हेटौँडा, ११ मङ्सिर: प्रदेश नं ३ को प्रदेशसभाको बैठकले विभिन्न पाँच वटा विधेयक सर्वसम्मत पारित गरेको छ । आज अपराह्नमा बसेको बैठकले प्रदेश कार्य सञ्चालन कोष व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, प्रदेशमा संस्था दर्ता गर्ने व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, प्रदेशमा प्राविधिक शिक्षा परिषद् स्थापना गर्न बनेको विधेयक, २०७५ र प्रदेशमा खेलकूद विकास व्यवस्थापन गर्न बनेको विधेयक, २०७५, पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशका कार्यवाहक मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संस्था दर्ता गर्ने व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुभएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल प्रदेश कार्य सञ्चालन कोष व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा प्राविधिक शिक्षा परिषद् स्थापना गर्न बनेको विधेयक र प्रदेशमा खेलकूद विकास व्यवस्थापन गर्न बनेको विधेयकको छुट्टाछुट्टै प्रस्ताव गर्नुभएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सञ्चालन कार्यविधिअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै ती प्रस्तावलाई बैठकमा निणायार्थ प्रस्तुत गर्नुभएको थियो । सोही आधारमा सर्वसम्मतिले उक्त विधेयकहरु पारित गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : २५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता