Logo

काभ्रेका जनप्रतिनिधिहरुले भने ‘गाउँ पुगेका इन्जिनियर छाडा भए, जनप्रतिनिधिलाई नै धम्क्याएर तलब खाए’



धुलिखेल  ९ मसिंर : काभ्रेका जनप्रतिनिधिहरुले भूकम्पप्रभावितको घर निर्माणमा प्राविधिक सहयोग गर्न गाउँ पुगेका इन्जिनियरहरुले धम्क्याउने गरेको बताएका छन् । जिल्लामा भूकम्पले क्षति पुर्याएको नीजी आवास पुनःनिर्माणको काम सन्तोषजनक नभइरहेको टिप्पणीका माज जनप्रतिनिधिहरुले यस्तो रहस्य बाहिर ल्याएका हुन् ।

सदरमुकाम धुलिखेलमा आइतबारदेखि राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणले आयोजना गरेको दुईदिने छलफल कार्यक्रममा सहभागि गाउँपालिका र नगरपालिकाका प्रमूखहरुले जनप्रनिधिलाई नै धम्क्याएर इन्जिनियरले तलब बुझिलिने गरेको बताए ।

प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशिल ज्ञवाली उपस्थित कार्यक्रममा जनप्रनिधिहरुले इन्जिनियरले काम नै नगर्ने तर तलब बुझिलिन आफुलाई धम्क्याउने गरेको बताएका हुन् । महाभारत गाउँपालिकाका प्रमूख कान्छालाल जिम्बाले वडाध्यक्षलाई धम्क्याएरै इन्जिनियरले तलब लिएको फेरिस्त बताइरहँदा कार्यकारी अधिकृत ज्ञवाली अचम्बित मानेर सुनिरहेका थिए । ‘वडा र पालिका कार्यालयमा हाजिर नहुदैँ इन्जिनियरको सरुवा भइसकेको हुन्छ, जिम्बाले भने ‘हामी जनप्रतिनिधि जनता अस्थायी घरमा बसेको टुलुटुलु हेरेर कतिञ्जेल बस्ने ?’

खास गरी दुर्गममा दरबन्दी लिएर आएका इन्जिनियरहरु सम्बन्धित ठाउँमा नपुग्ने र सदरमुकाममै बसेर तलब बुझिलिने गरेको जनप्रतिनिधिहरुले सुनाए । वडाध्यक्षले हाजिर प्रमाणित गरेपछि मात्रै इन्जिनियरले तलब लिन पाउने प्रावधान प्राधिकरणले गरेको छ । ‘वडाध्यक्षलाई धुलिखेलमै बोलाएर हाजिर प्रमाणित गर्न लगाएर इन्जिनियर तलब थापेका छन्, महाभारत गाउँपालिकाका प्रमूख जिम्बाले भने ‘यस्तो अवस्थामा उनीहरुबाट हामीले कसरी काम लिने ?’

इन्जिनियर गाउँ नबसिदिदाँ घर बनिसकेका भूकम्पप्रभावितले अनुदान रकम नपाएको भन्दै उनीहरुले गाउँपालिका मातहात इन्जिनियर खटाइपटाई गर्न पाउने नियम बनाउन समेत प्राधिकरणलाई सुझाए । महिनामा १० दिन मात्रै गाउँमा गएर काम गरिदिन आग्रह गर्दा पनि इन्जिनियरहरु नमान्ने गरेको नमोबुद्ध नगरपालिकामा इन्जिनियरहरुको संयोजन गरिरहेका कमल कुईकेलले बताए । ‘नियम अनुसार महिनाको २४ दिन कार्यालयमा हाजिर हुनै पर्छ, उनले भने ‘तर १० दिन मात्रै काम गरिदिनोस् भन्दा पनि मान्दैनन् ।’

भूकम्पप्रभावित नागरिक ४ वर्ष बितिसक्दा पनि स्थायी बासमा सर्न अझै सकिरहेका छैन् । तर दुर्गममा खटिएका इन्जिनियरले सुगममै बसेर मासिक तलबभत्ता बुझिलिने गरेको भन्दै जनप्रतिनिधिहरुले आक्रोश पोखे । अबैध आर्थिक लेनदेनमा इन्जिनियरहरु लागि परेको भन्दै रोकथामका लागि उनीहरुले प्राधिकरणको ध्यानाकर्षण समेत गराए । ‘पहिलो किस्ताको रकम नपाएको भूकम्पप्रभावितले कसरी दोस्रो र तेस्रो किस्ताको रकम पायो ? भूम्लु गाउँपालिकाका प्रमूख गुमानध्वज कुवँरले भने ‘केन्द्रबाट निर्देशन एउटा आउँछ, फिल्डमा खटिएका इन्जिनियरले अर्को काम गर्छ ।’

गाउँ खटिएका इन्जिनियरको हैरानी खेप्नेमा जनप्रतिनिधि मात्रै होइन उसको तालुकदार निकाय समेत परेको स्पष्ट देखिन्छ । जनप्रतिनिधिहरुको छलफलमा गाउँगाउँमा इन्जिनियर खटाइपटाई गर्ने भवन डिभिजन कार्यालय धुलिखेलले समेत इन्जिनियरहरु आफु खुशी हिड्दाँ भूकम्पप्रभावितको काम गर्न निकै कठिनाइ भएको बताएको छ । छोटो छोटो समयमै इन्जिनियरहरु काजमा अनेत्र जाने प्रबृत्ति निकै बढेको भन्दै उसले जनप्रतिनिधि र इन्जिनियरको दबाबमा बसेर काम गरिरहेको बतायो ।

जनप्रतिनिधिहरुको गुनासो ध्यानदिएर सुनेका पुनःनिर्माण प्राधिकरणका सिइओ ज्ञवालीले अब इन्जिनियरको हाजिरी गाउँपालिकाका प्रमूख र प्रमूख प्रशासकीय अधिकृतले प्रमाणिकरण गर्ने ब्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरे । ‘इन्जिनियर गाउँ नपुग्दा परेको समस्याबारे म जानकार छु, उनले भने ‘अब गाउँपालिकाका प्रमूख र प्रमूख प्रशासकीय अधिकृतले हाजिर प्रमाणित गरेपछि मात्रै तलबभत्ता खानपाउने ब्यवस्था गर्छु ।’

इन्जिनियरको निगरानीका लागि जिपिएस
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले इन्जिनियरहरु कहाँ गएर बसेका छन् भन्ने कुरा पत्ता लगाउन जिपिएस प्रविधिको ब्यवस्था गर्न लागिएको बताएका छन् ।

आइतबार धुलिखेलमा काभ्रे जिल्लाका जनप्रतिनिधिहरुसँगको छलफलमा सहभागि भएका उनले इन्जिनियरले बोक्ने ट्याबमा जिपिएस जडान गर्ने तयारीमा प्राधिकरण रहेको बताए । ‘जिपिएसले को इन्जिनियर कहाँ छ भन्ने कुरा पत्ता लाग्छ, उनले भने ‘खटाएको ठाउँमा गएर काम नगर्ने कर्मचारीलाई राज्यको सेवासुविधा लिइ राख्ने कुनै अधिकार छैन् ।’

जनप्रानिधिहरुले भने आफुहरु निकै हैरानीमा परेको बताएका छन् । उनीहरुले छलफल, गोष्ठी र सभा सम्मेलनमा आजै, अहिले नै काम भैहाल्छ झै गरी कुरा गरेपनि ब्यवहारमा अहिलेसम्म परिवर्तन नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार