२०८१, ७ बैशाख शुक्रबार

विदेश शयरमै रमाउँछन् मेयर, अहिलेसम्म ११ औँ पटक विदेश भ्रमण

विदेश शयरमै रमाउँछन् मेयर, अहिलेसम्म ११ औँ पटक विदेश भ्रमण


कामठाडौं, मंसिर ५: विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ ।ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाको कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन ।

कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ ।स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ गएका छन् ।

यसअघि उहाँले १० पटक विदेश भ्रमण गरिसक्नुभएको छ । देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुखमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुख हुनुहुन्छ ।महर्जनले महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेको आउँदो जेठ १० गतेबाट दुई वर्ष पूरा हुनेछ । डेढ वर्षयता उहाँको विदेश भ्रमणले निकै रफ्तार लिए पनि कार्यसम्पादनले गति लिन नसकेको अवस्था छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ६ : ४३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता