२०८१, १३ बैशाख बिहीबार

भूकम्प क्षतिग्रस्त पुनः निर्माण छिटो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

भूकम्प क्षतिग्रस्त पुनः निर्माण छिटो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा, ३ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनःनिर्माणका विषयमा आज जानकारी लिने क्रममा सो बताउनु भएको हो । साथै उहाँले भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन, विद्यालय र सर्वसाधारणको भवनको पुनः निर्माणमा ढिलाइ गर्न नहुने र यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो । सो अवसरमा पुनःनिर्माणमा भइरहेको प्रगतिका विषयमा कुराकानी भएको थियो ।

मुख्यमन्त्री पौडेलले जाडो महीना शुरु भइसकेको भन्दै भूकम्पपीडित परिवारलाई यथाशीघ्र घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभयो । भेटका अवसमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कामलाई तीव्र गति दिई लाभग्राहीलाई पुनःस्थापना गराउन प्राधिकरणले काम गरिरहेको छ भन्नुभयो । प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्न सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : ४५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने