Logo

सात सहरमा वायुको गुणस्तर खस्कियो, सावधानी अपनाउन सुझाव



काठमाडौं, मंसिर ३ : एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ। यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम (पार्ट पर मिलियन) भन्दा माथि काटेको छ। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि योग्य होइन। श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको छ। तर सात दिनयता नेपालगन्जमा वायुको गुणस्तर शनिबार एक सय ४५ पीपीएमसम्म पुगेको छ। यसअघि त्यहाँ एक सय ३८ पीपीएम पुगेको थियो। रत्नपार्कको स्टेसनले काठमाडौंमा ८८ देखि ९४ पीपीएम मापन गरेको छ। यो अति हानिकारक हो। विश्व स्वास्थ्य संगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य भनेको छ।

वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन। गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।चितवनको वायुको स्तर सौरहामा ६९ देखि ७८, दाङमा ८७, सिमरामा ८७, पोखरा विश्वविद्यालय स्टेसनमा ५१ देखि ५४, भैंसेपाटीमा २१, धुलिखेलमा ३८ र पुल्चोकमा ४७ पीपीएम पुगेको छ। वातावरण विभागले रत्नपार्क, शंखपार्क, भैंसेपाटी, वीरेन्द्र स्कुल भक्तपुर, पुल्चोक ललितपुर, धुलिखेल काभ्रे, दाङ, नेपालगन्ज, सिमरा, सौरहा, पोखरा विश्वविद्यालय, गण्डकी बोर्डिङ स्कुल पोखरा, लुम्बिनी र सुनसरीको झुम्कामा मेसिन राखेर वायुप्रदूषण मापन गर्दै आएको छ।

आइतबार पुल्चोक, पोखरा, सिमरा, चितवन, रत्नपार्क, नेपालगञ्ज र दाङमा वायुको स्तर ६० देखि एक सय १८ पीपीएमभन्दा बढी रह्यो। यो दिन वीरेन्द्र स्कुल, गण्डकी बोर्डिङ पोखरा, रूपन्देही र झुम्का स्टेसनले प्रदूषण मापन गरेनन्। प्रत्येक तीनतीन सेकेन्डमा लिने वायुलाई सफा राख्न तीनै तहका सरकारले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने वातावरणविद् भूषण तुलधारको भनाइ छ। जाडो छल्न आगो ताप्नेहरू बढ्ने भएकाले त्यसले प्रदूषण बढाउँछ। त्यसैले यसमा कडाइ गर्नुपर्ने उनको भनाइ छ।

सवारीसाधनले निकाल्ने धूवाँका कारण काठमाडौंमा ३८ प्रतिशत वायुप्रदूषण हुने गरेको अध्ययनले देखाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ मदनलाल श्रेष्ठले एक कार्यक्रममा वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको बताए। वायु प्रदूषणमा दुई दशमलव पाँच माइक्रोन धूलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार