Logo

यी पाँच राशि भएका व्यक्तिले शिक्षण पेशा अँगाल्नु राम्रो !



ज्योतिष शास्त्रका अनुसार मानिसको जीवनमा ग्रह नक्षत्रको प्रभाव निकै ठूलो हुन्छ र तिनले बदल्ने हरेक चालले हाम्रो भाग्य निर्धारित गर्छ । जब हामी कुनै नयाँ काम सुरु गर्छौं त्यतिबेला त्यो काम शुभ हुन्छ वा हुँदैन, उक्त काम सुरु गर्ने समय शुभ छ कि छैन भन्ने कुरामा विचार गर्न सके सफलता निश्चित रूपमा प्राप्त हुन्छ भन्ने मान्यता ज्योतिषशास्त्रको छ।

ज्योतिषशास्त्रअनुसार यी पाँच राशिका विषयमा बताइएको छ जसका लागि पहिलो रोजाइका रूपमा शिक्षण पेशा अँगाल्नु राम्रो हुन्छ, जो सबैभन्दा राम्रो शिक्षक साबित हुन सक्छन् । कुन कुन हुन् त ती राशि ? थाहा पाउनुहोस्

वृष
वृष राशिका जातकको इच्छाशक्ति दृढ हुन्छ । यिनीहरू इमान्दारी र सहनशक्तिका हिसाबले समेत उत्कृष्ट मानिन्छन् । आत्मनिर्भर रहन रुचाउँछन् भने विश्वसनीय पनि हुन्छन् । यिनीहरू हरेक काम पूर्ण जोश एवम् उत्साहपूर्वक गर्छन् । यो राशिका मानिसमा शालीनता हुने भएका कारण शिक्षण पेशा परफेक्ट प्रोफेशन साबित हुनसक्छ। यिनीहरूलाई शिक्षण बाहेक कला, मीडिया या वकालत पेशामा पनि राम्रो सफलता हासिल हुन्छ ।

मिथुन
मिथुन राशिका मानिस बौद्धिक कार्य गर्न रुचाउने हुन्छन्। यिनीहरू सबैलाई साथ लिएर चल्न सक्छन्। अरूसँग मिलेर काम गर्न मन पराउँछन् । कुराकानी गर्ने कुशलता यिनीहरूको सबैभन्दा बलियो पक्ष हो । यसै गुणका कारण यो राशिका मानिसले शिक्षण पेशामा लागेर सजिलै नाम कमाउन सक्छन् । शिक्षण बाहेक लेखन, इन्जिनियरिंग वा कुनै व्यवसायमा हात हालेर पनि राम्रै सफलता हासिल गर्न सक्छन् ।

कर्कट
कर्कट राशिका जातक जिम्मेवार हुन्छन् । यिनीहरूले एक पटक कुनै काम गर्ने कुरा सोचे भने त्यसलाई पार लगाएर मात्र शान्तिको सास फेर्छन् । यिनीहरूको दिमाग अत्यन्त तीक्ष्ण हुन्छ । यिनीहरू हरेक काम पर्याप्त सोचविचार गरेर मात्र गर्छन् । यिनीहरू समस्याबाट डराउँदैनन् । यो राशिका मानिसमा हरेक किसिमका परिस्थिति सम्हाल्ने क्षमता पाइन्छ । यिनीहरूमा एक असल शिक्षकमा हुनुपर्ने सम्पूर्ण गुण विद्यमान हुन्छ । यो राशिका जातकले शिक्षण बाहेक होटल एवं फोटोग्राफी व्यवसाय तथा चिकित्सा क्षेत्रमा लागेर सजिलै नाम कमाउन सक्छन् ।

कन्या
कन्या राशिका मानिस जातक अत्यन्त मेहनती हुनुका साथै हरेक कामलाई निकै राम्रो तरिकाले पार लगाउनसक्ने क्षमताले युक्त हुन्छन् । यिनीहरू कुनै पनि काम गर्नुअघि धेरै सोचविचार गर्दैनन् । यिनीहरूमा कुरा सुनाएर अरूलाई प्रभावित पार्नसक्ने खुबी हुन्छ । यो राशिका जातक सदैव नयाँ नयाँ कुराको जानकारी हासिल गर्न रुचाउने स्वभावका हुन्छन् । यिनीहरूका लागि शिक्षण सबैभन्दा राम्रो पेशा हो । कन्या राशिका मानिसले शिक्षण बाहेक लेखन, चिकित्सा वा पायलट पेशा अँगाल्नु उत्तम हुन्छ ।

वृश्चिक
वृश्चिक राशिका मानिस निकै सोच विचार गरेर बोल्ने खालका हुन्छन् । यिनीहरूको कुराबाट अरू मानिस छिटै प्रभावित हुन्छन् । यिनीहरूको छैटौं इन्द्रिय निकै सक्रिय हुन्छ तसर्थ यो राशिका मानिस हरेक परिस्थितिलाई पहिल्यै अनुमान लगाउन सक्ने हुन्छन् । यिनीहरूको दिमाग पनि अत्यन्त तीक्ष्ण हुन्छ । यो राशिका जातक स्वतन्त्रतापि्रय हुन्छन् । यिनै विशेषताका कारण वृश्चिक राशि हुनेहरू असल प्रोफेसर वा शिक्षक बन्न सक्छन् । यो राशिका मानिस शिक्षणका अतिरिक्त कला एवं साहित्य क्षेत्रमा लाग्दा सफल हुने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार