२०८०, १५ चैत्र बिहीबार

कृष्णका १६ हजार १०८ श्रीमती सबै जायज थिए हेर्नुहोस्

कृष्णका १६ हजार १०८ श्रीमती सबै जायज थिए हेर्नुहोस्


एकपटक भगवान श्रीकृष्णलाई नन्दगाउँका भद्रभलाद्मीहरुले भेला बोलाई केरकार गर्न थाले । कृष्णका बिबिध हरकतबाट आजित भएका गाउँलेहरुलेस “गोपिनीहरु स्नान गर्न गएका बेला कृष्णले कपडा लुकाएको अभद्र व्यवहारलाई मुल मुद्दा बनाई कृष्णलाई कारवाही गर्नुपर्ने अड्डी कसे ।

कृष्ण जवाफको लागि कठघरामा उभिएर सफाई पेश गरेस “नन्दगाउँमा जवान युवाहरु पनि छन् भन्ने हेक्कै नराखी हुर्किसकेको शरिर भएका युवतीहरु नग्न अवस्थामा नदिमा स्नानको लागि पस्नु नै भुल थियो, अपराधिक गतिबिधिको लागि उक्साहट थियो । मैले जे गरे राम्रोको लागि गरें । म ति युवतीहरुलाई एउटा सबक सिकाउन चाहन्थे, हो मैले नराम्रो कार्य गरें तर राम्रोको लागि गरें । पञ्चभेलामा उपस्थित गाउँलेहरु मुखामुख गर्न थाले । मुखिया जवाफहिन भए ।

यसोधा र नन्दलाल खुशी भए । तत्पश्चात पनि भगवान श्रीकृष्णले राम्रोको लागि धेरै नराम्रो गर्दै गए । कृष्ण लिला रच्दै गए । जुन आज पर्यन्त पनि भावगत गीताको नामबाट संसारभर जीवनज्ञानको वाणी बनेर अजर बन्दै आएको छ । कालान्तरमा कृष्णले पछि मथुरामा गएपछि कंशको भेलामा भनेंस “राम्रो नतिजाको लागि नराम्रो गर्न सकिन्छ तर अरुलाई नराम्रो बनाएर होइन आफु नराम्रो बनेर मात्र । म मामा मारेर पापी बनें । राधाको मोहबाट मुक्त नभै संसारको मुक्ति नहुने देखेर राधाको मन दुखाएँ ।”

आखिर कृष्णले जति नराम्रो प्रतित हुने कार्यहरु गरे राम्रोको लागि गरे, त्यसमाथि पनि आफु मात्र नराम्रो बनेर गरे । यस अर्थमास के हामीले राम्रो नतिजाको लागि नराम्रो गर्दै हिड्न सकिएला त रु नीति कथाको आडमा नराम्रो प्रबृतिलाई प्रसय दिन सकिएला त रु त्यसो त सकिदैनस तर जगत हितको लागि सर्वोपरि फाईदाको खातिर आफ्नो बलिदान र योगदान दिएर गर्न सकिन्छ ।

भगवान श्रीकृष्णले जीवनभर त्यस्तै गर्दै एक अवतार पुरा गर्नुभयो, अर्जुनलाई युद्धको लागि उक्साउनु भयो, पापी र पाप नाश गर्नको लागि अर्जुनको गाण्डिवमा शक्ति भर्दिनु भयो । समाजलाई पापीहरुको चङ्गुलबाट पार लगाउनुको लागि पटक-पटक गरेर १६१०८ जनासँग बिबाह समेत गर्नुभयो ।

नारकासुर दैत्यले बन्दी बनाइ राखेका १६१०० युवतीहरुलाई मुक्त गरि स्वतन्त्र बनाउनको लागि नारकासुरको बध गरे, तर ति युवतीहरुलेस “अब हामीलाई तँपाईले स्वीकार नगरेमा समाजमा बस्न नसक्ने” अड्डी कसेपछि ति सबैलाई पत्नी बनाए । त्यसैगरि रुक्मिणी, सत्यभामा, जाम्बवती, कालिन्दी, मित्रबृन्दा, नग्नजिती, भाद्रा र लक्साना गरि ८ जना श्रीमतीहरुलाई समय समयमा आइपरेका सम्झौता, युग्द्धधर्म र राजधर्मका कारण स्वीकार गरे । कृष्ण युगपुरुष थिए, युगको मुक्तिको लागि अवतरित भएको हुँदा उनले आफुलाई सबै रुपमा प्रस्तुत गरे । सबै नराम्राहरु राम्रोको लागि गरे ।

धर्मग्रन्थका अनुसार सबैभन्दा सत्यबादी कहलिएका राजा युधिष्ठिरले समेत गुरु द्रोणाचार्यको मृत्यू भनै महाभारतको युद्धले पार नपाउने देखेपछि – ‘गुरुको मृत्यु पुत्रशोकको कारण मात्र हुनसक्ने’ भएकोले कृष्णलेस “गुरु द्रोणाचार्यको छोरा अशोत्थामाको बध भयो” भनेर हल्ला फिजाएको समयमा, गुरुले हल्ला पुष्ठीको लागि सत्यबादी युधिष्ठिरलाई सोधेका थिएस “अशोत्थामा मरेको हो ? ” प्रश्नको जवाफमा युधिष्ठिरले, कृष्णले शंख फुकेको अवस्था पारिस “ नरो वा कन्नरोवा अशोत्थामा हतोहतस्” भनि कुटनितिक जवाफ दिएर ‘अशोत्थामा नाम गरेको हात्ती’ मरेको विषयलाई जोडेर राम्रो नतिजाको लागि आफुले गलत बचन बोलेका थिए ।

आज पर्यन्त पनि संसारका सबै नराम्रा देखिएका ठुला९ठुला घटनाहरु राम्रो नतिजाका लागि गरिएका छन् । नीतिकथा तथा धर्मशास्त्रहरु समाजलाई अनुशाशित बनाउनको लागि कोरिएका हुन् । विभिन्न पात्र मार्फत ज्ञान, गुण र सत्कर्महरु प्रस्तुत गरिएका हुन्छन । तर कल्याणकारी समाजमा सधै दुई धार हुन्छन्, चोर पुलिस, ज्ञानी अज्ञानी, न्याय अन्याय, सहि गलत । ति सबै नकारात्मक धारलाई परास्त गर्नको लागि समाजमा हतियारलाई पुजा गरेर सुरक्षित राखिएका हुन्छन् ।

हामीले पनि जीवनमा कयौं नराम्रा लाग्ने क्रियाकलापहरु राम्रो नतिजाको अभिलाषामा गरेका हुन्छौं । मलाई प्रसंग आफैसँग जोड्न मनलाग्यो स मलाई धेरै पटक साथीहरुले प्रश्न गरेका छन्स “बिदेशिनु राम्रो हो र ?” म भन्ने गर्छु “नराम्रो हो” । तर राम्रोको लागि नराम्रो गर्नु जायज हो । त्यसमाथि म थप्ने गर्छुस “आर्थिक सहजिकरणको लागि, मध्ययम वर्गिय नेपालीले देख्ने साझा९सपना ‘बालबच्चालाई अन्तराष्ट्रिय मान्यता हुने उच्च शिक्षा’को लागि, अतिरिक्त आर्थिक लाभ गरि देशमा समाजसेवा गर्नको लागि र देशबिदेशको अनुभव, ज्ञान र सीप हासिल गर्नको लागि हो” भनेर ।

जन्मेको थात्थलो छाडेर मलिसिनु, दुबईयिनु, बेलायतिनु वा अमेरिकिनु झट्ट सुन्दा राष्ट्रियताको खटप्वालबाट अधुरो देखिन्छ । तर एउटा उद्देश्य प्राप्तीको लागि सुनौलो सपनाको खोजीमा घामको अर्को साँधमा नयाँ दिन खोज्नु गलत होइन । हामीले राम्रो नतिजाको लागि नराम्रो जस्तो लाग्ने कदम उठाउनु डराउनु हुँदैन । संसारको रीत नै त्यसरी बगेको छ । सबै मत्य न्यायहरु न्यायको प्राकृतिक नियम हुन् । जीवन र जगतको अस्तित्व नै सहअस्तित्वको सिद्धान्तमा आधारित छन् ।

यसर्थ, नराम्रो र राम्रो एकआर्काका परिपुरक हुन् । सबैको आँखाले सप्तरंगी जीवन खोज्दछ, तर सप्तरंगी क्षितिज हेर्न घाम र पानीको दोसाधको प्रतिक्षा गर्न सक्नुपर्दछ । भगवानले राक्षसको बध गर्नको लागि राक्षस कै भेषधारण गर्न समेत आवश्यक ठान्दछ भने, हामीले जीवनको सकारात्मक परिवर्तनको लागि नयाँ तत्वलाई स्वीकार्ने हिम्मत गर्न सक्नु पर्दछ ।

आगो नठोसी बन्दैन, ओखर नफोरी निस्कदैन । सबै महापुरुषहरु शुरुमा समाजभित्र नराम्रो पात्र कै रुपमा देखिएका हुन्छन् । राम्रोको लागि नराम्रो गर्ने हिम्मतले नै इतिहासको पानामा सुनौलो अक्षरमा नाम कोर्न सफल भएका हुन्छन् ।
साभार:  मेर संसार योगेश आदि

 

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ८ : ४३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय