२०८१, १० बैशाख सोमबार

हैजाका कारण १७५ को मृत्यु, दश हजार प्रभावित

हैजाका कारण १७५ को मृत्यु, दश हजार प्रभावित


लागोस, २६ कात्तिक : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् । बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ ।

मानवीय सहायता सम्वन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् । नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ । शरणार्थी शिविरहरूमा ठूलो भीडभाडका साथ एकै ठाउँमा बस्नु परेकाले हैजाको प्रकोप छिटो छिटो धेरैतिर फैलिएको हो,” बोर्नो राज्यको राजधानी मैडुगुरीमा एनआरसीका कार्यक्रम व्यवस्थापक जानेट चेरोनोले भन्नुभयो । उहाँले एकैठाउँमा बसेकाहरूका लागि पानी र सरसफाईको व्यवस्थापन राम्रो नहँुदा समस्या भएको बताउनुभयो । नाइजेरियामा बोको हरामका कारण सुरु भएको हिंसासँगै सन् २००९ देखि नै हैजाको प्रकोप फैलिने गरेको छ ।
––– रासस÷एएफपी

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ९ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने