२०८१, १२ बैशाख बुधबार

सञ्चारकर्मी प्रविना गोले पुरस्कृत

सञ्चारकर्मी प्रविना गोले पुरस्कृत


काठमाडौँ, २६ कात्तिक ‘एभरेस्ट टाइम्स साप्ताहिक युके पत्रकारिता पुरस्कार–२०७५’ बाट सञ्चारकर्मी प्रविना गोले पुरस्कृत हुनुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चारकर्मी गोलेलाई सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ३५ हजार र सम्मानपत्र रहेको छ ।

संयुक्त अधिराज्य बेलायतबाट प्रकाशित हुने एभरेस्ट टाइम्स साप्ताहिकले अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनका लागि सो पुरस्कार स्थापना गरेको हो ।

पुरस्कार प्रदान गर्दै उपराष्ट्रपति पुनले बेलायतमा बसेर पनि नेपाली पत्रकारिताको विकास र विशेष गरेर अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनमा काम गर्नु सराहनीय रहेको बताउनुभयो । उहाँले पत्रकारिताको विकास र विस्तारका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक दूत पुनले शारीरिक रुपमा कमजोर भएर पनि पत्रकारितामा सङ्घर्ष गरिरहेका महिलालाई प्रोत्साहन दिनका लागि पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । पुरस्कारलाई वर्षेनी प्रदान गर्नका लागि रु पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । हरेक वर्ष एक जना अपाङ्गता भएका महिला पत्रकारलाई पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ५१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने