२०८१, ११ बैशाख मंगलबार

लमजुङका युवाहरुको राम्रो कदम,देउसी भैलोको रकम रक्तअर्बुद पीडितलाई

लमजुङका युवाहरुको राम्रो कदम,देउसी भैलोको रकम रक्तअर्बुद पीडितलाई


लमजुङ, २६ कात्तिक : रक्त क्यान्सरको बिरामी भई उपचाररत यहाँका एक बालकको उपचारका लागि युवाले सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि जनज्योति युवा क्लबमा आबद्ध गाउँका युवाले देउसीभैलो र सांस्कृतिक कार्यक्रममार्फत रु दुई लाख ८५ हजार जुटाएका हुन् ।

क्लबका अध्यक्ष सञ्जय मजाकोटीका अनुसार सदरमुकाम बेंसीशहरमा गरिएको घरदैलो कार्यक्रममा ६१ हजार ९६०, छिमेकी गाउँमा खेलिएको देउसी भैलोबाट ४३ हजार ४५० र गाउँमा आयोजित सांस्कृतिक कार्यक्रमबाट रु एक लाख ८० हजार गरी कूल रु दुई लाख ८५ हजार ४१० सङ्कलन गरिएको हो ।

काठमाडौँमा कोठा भाडामा लिएर बिरामी छोराको उपचार गर्दै आएको आमा प्रमिला मजाकोटीले बताउनुभयो । श्रीमान् कतारमा काम गर्नुहुन्छ जेनतेन अहिलेसम्म उपचार खर्च धान्दै आएको उहाँले बताउनुभयोे । हिमालयन बैंक लिमिटेडमा रहेको प्रमिला मजाकोटी नामक ००२०७५८५७८००१८ नंको खातामा सहयोग रकम जम्मा गराइदिन उहाँले सहयोगी मनहरुमा आग्रहसमेत गर्नुभएको छ । बालकको उपचारका लागि देश–विदेशबाट गरी हालसम्म रु दुई लाख ४१ हजार सहयोग जुटेको जनज्योति क्लबले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने