२०८१, १३ बैशाख बिहीबार

‘गाडी दुरुपयोगको समाचार नै नक्कली हो: मन्त्री लालबाबु पण्डित

‘गाडी दुरुपयोगको समाचार नै नक्कली हो: मन्त्री लालबाबु पण्डित


काठमाडौं, २४ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकास निर्माणका मुल कामहरु अब पूर्ण गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने विश्वास दिलाएका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘बर्खा सकियो अब विकास निर्माणका कामहरु पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन् । जनताले चाहेजस्तो परिणाम आउँछ । संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरुले अघि सारेका बजेटहरु पूर्ण गतिका साथ कार्यान्वयनमा जान्छन् । सरकारले परिणाम दिनेगरि धमाधम काम गरिरहेको छ ।’

आयोजित सो साक्षात्कारमा मन्त्री पण्डितले परिस्थिति र प्रसँगले गर्दा विकास निर्माणका काममा केही ढिलासुस्ती भएपनि अब ढिलाई नहुने विश्वास दिलाए ।आफ्नो मन्त्रालयले यही कात्तिकको ८, ९ र १० गते सम्बन्धित निकायहरुसँग तराई–मधेश समृद्धिको प्रस्ताव माग गरेको सुनाउँदै आउने मंसिर ८ गते प्रस्ताव पेश गर्न समय दिएको मन्त्री पण्डितले जनाए । उनले भने, ‘अब विनियोजित बजेटहरु विकास निर्माणका काममा तिव्रता प्रदान गर्छ । यो पहिलो वर्ष संविधान कार्यान्वयनको वर्ष भएकोले सरकार संविधान कार्यान्वयनमा कुनैपनि किसिमको ढिलाई चाहँदैन् ।’ संविधानअनुसार तीन तहका सरकारले काम गरिरहेको पनि उनले स्पष्ट पारे ।

पण्डितले मुलुक केन्द्रबाट संघीय प्रणालीमा रुपान्तरण भएकोले रुपान्तरणको लागि गर्नुपर्ने केही कामहरु भैसकेका र केही कामहरु बाँकी रहेको बताउँदै भने,‘अब बाँकी कामहरु पनि पूरा हुन्छन् । संघीय कानुन बन्ने चरणमा छ । प्रादेशिक कानुन र स्थानीय कानुनहरु पनि निर्माणको चरणमा छन् । कानुनहरु एकै रातमा बन्ने कुरा होइन । प्रक्रिया पूरा गरेर अघि बढ्छौं । कतिपय आवश्यक कानुनहरु संसदमा छन् । कतिपय निर्माण भइसकेका छन् ।’

संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनले जनाए । उनले भने,‘कर्मचारी समायोजन ऐन अन्तिम चरणमा छ । अब बस्ने मन्त्रिपरिषद बैठकबाट कर्मचारी समायोजन ऐन अघि बढ्छ । संघीय प्रहरी ऐनपनि अघि बढ्छ । अरु थुप्रै ऐनहरु प्रक्रियामा छन् ।’

अहिले देखिएका केही जटिलताहरु सरकारको ध्यानमा रहेको सुनाउँदै यी सबै समस्याहरुलाई समाधान गर्ने उनको विश्वास थियो । उनले भने,‘जनताको चाहना र भावना भनेको नै सुशासन, न्याय र विकाससँग जोडिएका छन् । यी सबै काममा यो सरकारले सफलता प्राप्त गर्छ ।’ चाडपर्वले हाल थोरै कामहरु अलमलमा परेको भएपनि तर अब सरकारका कामहरुले गति लिने उनको स्पष्टोक्ति थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताका गुनासाहरु तत्काल सम्बोधन गर्नुपर्ने भनेर निर्देशन दिएकोले आफूहरु त्यहीअनुसार अघि बढिरहेको उनको भनाई छ । उनले भने,‘काम गरेर नै हामी जनतामा भएका असन्तुष्टिहरु सन्तुष्टिमा परिणत गर्छौं ।’ उनले कर्मचारी व्यवस्थापनको काम पनि ऐनसँग जोडिएको बताए । उत्साहित भएर काम गर्नेलाई प्रोत्साहन गर्ने र उनीहरुको वृद्धि विकासको व्यवस्थापन गर्नेपनि उनले विश्वास दिलाए ।

उनले भने, ‘उहाँहरुलाई दिनुपर्ने सेवा तथा सुविधाका बारेमा पनि विशेष ध्यान दिन्छौं ।’ स्वेच्छिक अवकाशमा जान चाहने राष्ट्रसेवक कर्मचारीलाई चाहिनेभन्दा बढि सेवा सुविधा दिन नसकिने उनको जिकिर छ । उनले भने,‘राज्यलाई बोझ बनाएर व्यक्तिलाई पोस्ने काम सरकारले गर्दैन् ।’

तर, उत्साहित भएर काम नगर्ने र झारा टार्नेगरि काम गर्नेहरुलाई सरकारले पनि त्यही अनुसारको व्यवहार गर्ने उनको चेतावनी थियो । उनले भने,‘तोकिएको ठाउँमा नजाने र दृढ संकल्पित भएर काम नगर्नेलाई हामी सचेत गराउँछौं । सचेत गराउँदापनि नमाने दण्डित गराउँछौं । अनि त्यसो गर्दा पनि भएन भने बाईबाई गरेर बिदा गर्छौं । कसैको अनुहार हेरेर अब देश चल्दैन् । यो देशमा प्रशासन परिणाममुखी बनाउनुपर्छ । त्यो काममा हामी सफलता प्राप्त गर्छौं ।’

अहिले देखिएका सबै समस्याहरु समाधान गर्ने उनले विश्वास दिलाए । उनले भने,‘काम गर्दै जाँदा जहाँ गल्ती भएका छन्, ती गल्तीहरुको बारेमा तपाई मिडियाका साथीहरुले पनि यहाँ गल्ती भयो भनेर औंल्याईदिनुहोस् ।’ सरकारले पद र आवश्यकत्ताअनुसार कर्मचारी राख्ने तर पदविहीन बनाएर नराख्ने पनि उनले स्पष्ट पारे । उनले भने,‘काम भए र पद भए कर्मचारी हटाउँदैनौं । कर्मचारीको सवालमा क्याबिनेटले गरिसकेको निर्णयहरु कार्यान्वयनमा जान्छन् । यदि कार्यान्वनयमा समस्या आए हामी समाधानको खोजी गर्छौं ।’

प्रदेश र स्थानीय तहमा पठाईएका कर्मचारीहरुलाई सुरु–सुरुमा हाजिरी गर्न समस्या भएपनि अहिले त्यस्तो कुनै समस्या नरहेको उनले स्पष्ट पारे । त्यस्तै उनले संघीय कानुन धमाधम बनिरहेकोले चाँडै आउने पनि जानकारी दिए । उनले भने,‘संघीय कानुनहरु कतिपय यही महिनाभित्रै आउँछन् । कतिपय मंसिरको पहिलो हप्ताभित्र आउँछन् ।’

फरक प्रसँगमा उनले आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएको स्पष्ट पारे । पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे । उनले भने,‘नक्कली समाचार बनाएर राख्नेहरुलाई मलाई केही भन्नुछैन् । तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन् । र, लिनेपनि छैन् ।’

उनले आफू पाएको जिम्मेवारीलाई तोकिएकै समयसिमाभित्र सम्पन्न गर्न दृढसंकल्पित रहेको पनि दाबी गरे । उनले भने,‘मैले सुरुवातमै असारभित्र प्रशासनिक संक्रमणको अन्त्य गर्छु भनेर बोलेको थिएँ, त्यसलाई अन्त्य गरेरै देखाएँ । अब पुषभित्र कर्मचारी समायोजन गर्छु भनेर बोल्दैछु । त्यो पनि पूरा गरेर देखाउँछु ।’

मन्त्री पण्डितले लोकसेवा आयोगको भर्ना विज्ञापन सरकारले नरोकेको जिकिर गरे । उनले भने,‘२ महिनाको लागि उपसचिव र सहसचिवको बढुवामात्रै रोकेको हो । अरु कुनै रोकिएको छैन् । लोकसेवा आयोगको कर्मचारी भर्ना प्रक्रिया जारी नै छ । अहिलेपनि ३७५ शाखा अधिकृतले स्टाफ कलेजमा तालिम लिईरहेका छन् ।’ प्रदेश लोकसेवा आयोग र स्थानीय सेवा आयोग गठन भएपछि त्यहीँबाट आवश्यक कर्मचारी पूर्ति गर्ने बाटो खुल्ला हुने पनि उनले जनाए ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने