Logo

जान्नुहोस् कुन राशि संग बिहे गर्नु हुँदैन



के तपाईंहरु श्रीमान श्रीमतीको सँगको सम्बन्ध राम्रो छैन ? के तपार्इंहरु एक आपसमा झगडा गरिरहनुहुन्छ । यस्तो तव हुन्छ तपाईहरुको ग्रह अनुसारको स्वभावमा मेल खाँदैन । पति पत्नीबीचको तनावका कारण राशि पनि हुन सक्छ । आउनुहोस् जान्नुहोस् तपाईको कस्तासँगको सम्बन्ध राम्रो र नराम्रो हुन्छ । यसबाट तपाईंले कस्तासँग विवाह गर्न हुँदैन भन्ने सहजरुपमा थाहा पाउन सक्नुहुने छ ।

मेष राशिः यस राशिका मानिस बहुत साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । यसकारण मेष राशि भएकाले वृष राशि भएकासँग विवाह कहिले पनि गर्न हुँदैन । किनकी वृष राशि भएकाहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् । जबकि मेष राशि वाललाई यस्तो गर्न मन पर्छ ।

वृष राशिः यस राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिको धनु राशि वालासँगको सम्बन्ध राम्रो हुँदैन । धनु राशि वाला मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशिः यो राशि भएका मानिस वफादार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यी राशिभएकाहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने बारेमा सोच राखिरहेका हुन्छन् । यी राशिका लागि मकर राशि भएका मानिस सही मान्दिैनन् । किनकी मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशिः यस्ता राशि भएका मानिस सहयोगी हुन्छन् । यस्तो राशि भएका कुम्भ राशि भएकाको सम्बन्ध धेरै खराब हुन्छ । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिस कुम्भ राशि भएका मानिस आवश्यक हुन्न ।

सिंह राशिः सिंह राशि भएका मानिसमा आत्मविश्वास धेरै हुन्छ । साथै यो राशिका मानिस आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनकी वृश्चिक राशि भएकाहरु जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जसलाई सिंह राशिवाला मन पर्दैन ।

कन्या राशिः यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशिः यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । यी राशिभएकाहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशिका र कन्या राशिका बीचको सम्बन्ध त्यति राम्रो हुन्न किनकी कन्या राशिका मानिस धेरै तनाव लिनेखालका हुन्छन् ।

वृश्चिक राशिः यस राशि भएमा मानिस माथि सजिलैसँग विश्वास गर्न सकिन्छ । यसको विरोधी राशि मेष हो । किनकी मेष राशि भाएका मानिसलाई रिस चाडै आउँछ । वृश्चिक राशि वालाको प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशिः यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । र यी राशि भएका मानिस बहुत सकारात्मक हुन्छ । यसको तथा वृष राशिको जोडी सही मानिदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुन्न तथा आफ्नाृ व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशिः यो राशि भएका मानिस इमानदर, वफादार तथा महत्वाकांक्षी हुन्छन् । यसका सबैभन्दा खराव जोडी मिथुन राशि भएका मानिस हुन्छन् । किनकि मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुंभ राशिः यस राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनकी कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशिः यस राशि भएका मानिस रोमान्टिक हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि भएका र कन्या राशि भएकाहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार