२०८१, १० बैशाख सोमबार

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना

ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना


काठमाडौँ, २१ कात्तिक: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ’, ‘जेब्रा क्रसिङबाट बाटो काटौँ’लगायत ट्राफिक जनचेतनामूलक गीत समावेश गरेर देउसीभैलोको आयोजना गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आमजनतालाई ट्राफिक अनुशासन सिकाउन देउसीभैलो कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । “उपत्यकामा सवारी साधनको मात्रा बढ्दै गएको र सडक सभ्यता कायम गर्न मद्दत पु¥याउने उदेश्यले देउसीभैलो कार्यक्रम आयोजना गरेका हौँ,”–उहाँले भन्नुभयो ।

विगतका वर्षमा अडियोमार्फत एफएमबाट गीत प्रशारण गर्दै आएको महाशाखाले यसवर्ष भिडियोमार्फत पनि देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो । महाशाखाका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ६ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने