२०८१, ७ बैशाख शुक्रबार

आज कुकुर तिहार, कुकुरको बारेमा रोचक प्रसंग हेर्नुहोला

आज कुकुर तिहार, कुकुरको बारेमा रोचक प्रसंग हेर्नुहोला


कुकुर सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । त्यसैले कुकुरले जनावरहरुमा सबैभन्दा धेरै मानिसको माया पाउन सफल भएको छ र भाग्यमानी कुकुरहरु दुनियाका करोडौँ गरीब मानिसहरुको भन्दा भव्य जिवनशैली बाँचिरहेका छन् ।

मानिसले कुकुरलाई गर्ने मायाका विभिन्न उदाहरण पाइन्छन् । कतै मानिसले आफूले पालेको कुकुरलाई नै बिहे गरेको समाचार पनि सुनिन्छ भने कतै कुकुरलाई आफूसँग राख्न नपाउँदा लोग्नेसँग डिभोर्स गरेको खबर पनि आउँछ । यस्तो भाग्यमानी कुकुरहरुका बारेमा केही रोचक तथ्य यस्ता छन्स्

१.  झण्डै ३० हजार वर्ष पहिलेदेखि मानिसले कुकुरलाई घरपालुवा जनावर बनाएको हो ।

२ . कुनै समय कुकुर र भेँडाको वंशज एउटै थियो । त्यसैले आज पनि यी दुई प्राणीको डिएनए ९९ दशमलव ९ प्रतिशत मिल्छ ।

३.  मानिसको रक्तसमूह ४ प्रकारको हुन्छ, जबकी कुकुरको रगत १३ प्रकारको हुन्छ ।

४.  अन्तरीक्षमा जाने पहिलो जनावर कुकुर हो, जसको नाम लाइका हो । सन् १९५७ को नोभेम्बर ३ मा सोभियत संघले लाइकलाई अन्तरीक्षयानमा हाली अन्तरीक्षमा पठाएको थियो । तर अन्तरीक्षयानमा अत्यधिक गर्मीका कारण उसको मृत्यु भयो ।

५ . आमिर खानसँग एउटा यस्तो कुकुर छ, जसको नाम शाहरुख खान हो ।

६.  एउटा कुकुर २ वर्षको मानिसको बच्चाजत्तिकै बुद्धिमान हुन्छ र त्यसलाई डेढ सय शव्द सिकाउन सकिन्छ ।

७.  मानिसका अलावा कुकुर मात्रै यस्तो जिव हो जसले आँखामा हेरेर मानिसको हाउभाउ पहिचान गर्न सक्दछ ।

८.  कुकुरको सुँघ्ने शक्ति मानिसको भन्दा १ हजार गुणा बढी हुन्छ । तालिम प्राप्त कुकुरले सुँघेर विभिन्न रोगका साथै विस्फोटन पदार्थ र लागुऔषधि पनि पत्ता लगाउन सक्दछ ।

९.  आइसल्याण्डमा घरपालुवा कुकुर राख्नु गैरकानूनी हो । त्यस्तै अमेरिकाको ओक्लोहामामा कुकुरलाई जिस्काउनु गैरकानूनी हुन्छ ।

१०.  चकलेट खानाले कुकुरको मृत्यु हुनसक्छ । चकलेटमा हुने थियोब्रोमाइन नामक पदार्थले कुकुरको रक्तसंचारमा असर पार्छ ।

११.  कुकुरले ६२ दिनसम्म आफ्नो बच्चालाई गर्भमा राख्दछ । जन्मिने बेलामा कुकुरको बच्चा अन्धो, बहिरो तथा दाँत नभएको हुन्छ ।

१२.  ग्रिस र बुल्गेरियाबीच कुनै समय एक ग्रिक कुकुरले बुल्गेरियाको सिमाक्षेत्र पार गरेको विषयलाई लिएर युद्ध भएको थियो ।

१३.  कुकुरले निदाएको बेलामा मान्छेले जस्तै सपना देख्छ । सानो कुकुरले हरेक १० मिनेटमा एउटा सपना देख्दछ भने ठूलो कुकुरले एक घण्टामा एउटा सपना ।

१४.  १० वर्षभन्दा पाको उमेरका कुकुरहरु मध्ये ५० प्रतिशत क्यान्सरकै कारण मर्दछन् ।

१५  मानिसजस्तै कुकुरहरु पनि मोटोपनाका सिकार हुन्छन्, प्रायः पश्चिमा देशका कुकुरहरु ।

कुकुरले दायाँतर्फ पुच्छर हल्लाउने ऊ खुसी हुनुको लक्षण हो, त्यस्तै बायाँतर्फ हल्लाउनु डराएको लक्षण हो । विस्तारै हल्लाउनु भनेको उसले संकोच मानिरहेको छ र जोडसँग हल्लायो भने ऊ रिसाएको बुझ्नुपर्छ ।

प्राय गाडी गुड्दा कुकुरहरु किन गाडीको पछाडि भुक्दै दौडिन्छन् रु मानौँ उनीहरु गाडीमाथि आक्रमण नै गर्दैछन् । यसको रोचक कारण छ । प्रायः कुकुरहरुले रोकिएको गाडीको टायरमा पिसाब गरेर आफ्नो इलाका तय गर्छन् । यसरी आफ्नो सिमानाको रुपमा रहेको गाडी गुडेर जाँदा कुकुरहरुले आफ्नो सिमाना कसैले खल्बलाइदिएको र आक्रमण गर्न थालेको अनुभव गर्छन् । जसलाई कुकुरले सहन सक्दैन र गाडीहरुको पछि दगुर्छन् ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ०० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता