२०८१, ८ बैशाख शनिबार

खानीखोला गाँउपालिकाद्धारा नयाँ बोलेरो गाडी खरिद

खानीखोला गाँउपालिकाद्धारा नयाँ बोलेरो गाडी खरिद


खानीखोला १८ कार्तिक : खानीखोला गाँउपालिकाले ३७ लाख ६५ हजारमा टाटा कम्पनिको बोलेरो गाडी खरिद गरेको छ । गत वर्षको गाँउसभाबाट नै गाडी खरिदका लागि रकम छुट्याइएको भएपनि खानीखोलामा सडकको असुविधा रहेको कारण गत वर्ष गाडी खरिद हुन सकेको थिएन ।

गत असार महिनाबाट खोपासी—ताल्ढुङ्गाको नयाँ ट्रयाक खुलेसँगै पालिकाले गत शुक्रबार बोलेरो खरिद गरेको खानीखोला गाँउपालिकाको अध्यक्ष कुष्ण बहादुर खुलालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनताको काम छिटो छरितो सम्पन्न गर्न, जनतासामु तत्काल उपस्थित हुन, गाँउपालिकाका वडाहरु, जिल्ला तथा मन्त्रालयमा पुग्न सहज हुने भएकाले गाडी खरिद गरिएको हो ।” यसअघि गाँउपालिकाले भाडामा लिएर गाडीको प्रयोग गर्दै आएको थियो ।

गत वर्षकोे गाँउसभाबाट छुट्याइएको रकमबाट पालिकाले वडा अध्यक्षहरुका लागि ६ वटा मोटर साइकल र कार्यकारी अधिकृतका लागि १ वटा स्कुटर समेत खरिद गरेको थियो ।

७ वटा वडा रहेको खानीखोला गाँउपालिकामा हाल वडा नं। ६ बाहेक अरु सबै वडाहरुमा सडक विस्तार भइसकेको छ । हाल जिल्ला सदरमुकामबाट खानीखोला पुग्नका लागि खोपासी,ताल्ढुङ्गा सडक तथा ताल्ढुङ्गा,मिल्चे,हेल्टार,छपेली, चापागाँउ सडकको प्रयोग हुँदै आएको छ । सजना आचार्य

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ८ : ४३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता