२०८१, ११ बैशाख मंगलबार

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ


काठमाडौँ, १८ कार्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले युगज्योति माध्यमिक विद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुङ्गानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने