२०८१, ७ बैशाख शुक्रबार

ट्रकले लियो १५ जनाको ज्यान, ४४ घाईते

ट्रकले लियो १५ जनाको ज्यान, ४४ घाईते


बेइजिङ। ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ।चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो।घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन्। प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ।

चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ। अधिकारीहरुका अनुसार, सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो।अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लङ्घनका कारण हुने गरेको बताइएको छ। एएफपी

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ५ : २० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता