२०८१, ७ बैशाख शुक्रबार

तपाई मदिरा पिउँदै हुनुहुन्छ ? हेर्नुहोस् ‘मदिरा’ अभिशाप कि वरदान !

तपाई मदिरा पिउँदै हुनुहुन्छ ? हेर्नुहोस् ‘मदिरा’ अभिशाप कि वरदान !


काठमाडौं १६ कात्तिक : मदिरा भन्नाले अल्कोहल इथानोल युक्त पेय पदार्थलाई जनाउछ । वाइन, वियर र रक्सी डिस्टिलेशन गरी तयार पारिएको पेय सबै यसैअन्तर्गत पर्दछन् । यी पेयवस्तु इतिहासको कालखण्डमा कहिले पनि विवादरहित बन्न सकेनन् ।

आलोचनाको बाबजूद पनि नत उत्पादनमा कमी आयो न त पारखीको संख्या नै घट्यो । नेपालजस्तो गरीब देशमा पनि एक दर्जन जति मदिरा उद्योगहरू संचालनमा छन् । विदेशबाट आयतित मदिराको संख्या र मात्रा दिनानुदिन बढ्दो छ । गाउँदेखि बजार र गरीबदेखि धनी सबैमा एकछत्र छाएको छ ।

हिन्दूधर्मको पवित्रग्रन्थ वेदमा ‘सोमरस’ उल्लेख गरिएको पेयवस्तु मदिरा जस्तै गुण भएको हुनु पर्दछ । वाइन जस्तै वस्तुको वर्णन बाइबल ग्रन्थमा पनि पाइन्छ । इसाई धर्मका प्रवर्तक येशु ख्रीष्ट आफै पनि वाइनका पारखी थिए रे, फ्रान्सका प्रसिद्ध वैज्ञानिक लुई पास्चरलाई वाइनले मोहनी लगाएको थियो ।

पास्चराइजेशन प्रशोधन विधि आविष्कार गरी उनैले फ्रान्सको वाइन उद्योग जोगाएका थिए । उनले ‘एक बोटल वाइनमा सबै किताबमा भन्दा बढी दर्शन लुकेको हुन्छ’ भनेर वाइनको रहस्य दर्शाएका थिए । इस्लाम धर्मले यो पेयलाई वर्जित गरे पनि अन्य धर्म र समुदायमा यसलाई मान्यता दिएको छ । आफुलाई मीठो लागेको वस्तु पितृलाई पनि मनपर्ने मान्यताअनुसार धेरै धर्म एवं धर्मावलम्बीहरूले पितृकार्यमा मदिरा अर्पण गरेर पूजा गर्दछन् । नेवारी समुदायमा सगुनको रूपमा यसलाई ग्रहण गरिन्छ । नेपालमा चाडपर्व, भोजभतेर, विवाह, व्रतबन्ध, पास्नी आदिमा यसको उपभोग बढ्दै गएको छ ।

वाइन, वियर र रक्सीमा अल्कोहलको मात्रा, बनाउने तरिका र प्रारम्भिक कच्चावस्तु बेग्लाबेग्लै भएकाले यिनीहरूले पार्ने असर पनि फरक–फरक हुन्छ । वियरमा ५, वाइनमा १२ र रक्सीमा ४० प्रतिशतको हाराहारीमा अल्कोहल पाइन्छ । मदिराको मज्जा भनेको नै अल्कोहलले मष्तिस्कमा पार्ने असरको अनुभूति हो ।

स्वस्थ वयस्क मानिसलाई हल्का मदिरापान गर्नाले फाइदा हुने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ । सन् २००५ मा अमेरिकाको कृषि विभागको पोषण निर्देशिकामा उल्लेख भएअनुसार हल्कापान भन्नाले ठूलो एक गिलास वा आधा बोटल वियर ९३५५ मि।लि।० वा एक सानो गिलास वाइन ९१४८ मि लि वा एक पेग रक्सी ९४५ मिलि बुझ्नु पर्छ । यिनीहरूमा शुद्ध अल्कोहलको हिसाबमा १८ देखि २० ग्रा अल्कोहल हुन्छ । महिलाका हकमा यो मात्रा शारीरिक अवस्था हेरी आधा जति तोकिएको छ ।

सर्वप्रथम मदिराको बेफाइदाको कुरा गरौं । उल्लिखित मात्राभन्दा बढी मदिरापान गर्नाले बेफाइदा मात्र हुन्छ । मदिरा सेवनमा पल्किएपछि सीमित हुन गाह्रो छ, किनकि यसले पार्ने बेहोशी वा मातको मज्जा नै मद्यपानीको चाहना हुन्छ । सुराका बेसुरमा रक्सीको मात्रा बढ्दै जान्छ र आखिर मानिस बेहोस हुन्छ । निरन्तर अधिक मदिरा ९एक दिनमा ५० ग्राम शुद्ध अल्कोहल भन्दा बढी सेवन गर्नाले कलेजो, मुटु, मस्तिष्कमा खतरनाक असर पर्दछ । कलेजोमा बोसो जम्मा भई जलन हुन थाल्छ, यसको रंग खैरो हुन्छ र अन्त्यमा क्यान्सर हुन्छ । यसले मुख, घाँटी, पेट, आन्द्रा र महिलाका हकमा स्तन क्यान्सर हुने जोखिम बढाउछ ।

सुर्ती वा खैनी सेवन गर्ने व्यक्तिमा मदिराको असर झनै बढ्छ । पोलेको, तारेको वा धुँवा लगाएको मासु र रक्सी पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । अधिक मदिराले यौन क्षमतामा असर पार्दछ । त्यस्ता व्यक्ति कुपोषणले ग्रस्त हुन्छन् । शरीरमा बोसोको मात्रा थुप्रिनाले पेट ठूलो र हात खुट्टा लुरे हुने, ग्यास्ट्रिक रस अधिक उत्पादन हुनाले अम्लीयपन बढेर खानामा रुचि घट्छ । मदिराले आन्द्राबाट भिटामिन, लवणलगायतका पोषकतत्वहरूको शोषणमा कमी ल्याउने भएकाले यस्ता खाद्यतत्वका अभावले हुने विभिन्न लक्षण देखा पर्दछन् । क्याल्सियमको शरीरमा अपुग भई हड्डी झिनो भई बांगिन र भाँचिन सक्छ ।

औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाह विना मदिरा सेवन गर्नु हुँदैन । गर्भवती र स्तनपान गराउने महिलालाई मदिरा निषेघ गरिएको छ । मदिरामा भएको अल्कोहल आमामा तर्फ र्भ्रूणको संवेदनशील मष्तिस्कमा हानि पु¥याउने भएकाले गर्भपतन वा कम तौलको वा अंगभंग भएको शिशु जन्मने सम्भावना बढ्छ । उच्च रक्तचाप र मधुमेह हुने व्यक्तिले मदिरा सेवन गर्दा हृदयघातको खतरा बढ्छ । रक्सीको असर सबैमा एकनास हुदैन ।

यस्को असर उमेर, पोषण स्थिति, पिउने दर एवं वंशाणुगत गुणमा पनि फरक पर्दछ । कुनै व्यक्ति रक्सी सहन नसक्ने हुन्छन् । त्यस्ता व्यक्तिमा मुख रातो हुने, टाउको दुख्ने रिंगटा लाग्ने, वान्ता आउने जस्ता लक्षण छिटै देखा पर्छन् । त्यस्ता व्यक्तिले मदिरा पिउँदै नपिउनु वेश हुन्छ । मदिरा दुव्यसनीको स्वभाव अनौठो हुन्छ, छिटै बूढा देखिन्छन् र स्मरण शक्तिमा ह्रास आउँछ ।

मदिरा सेवन सडक दुर्घटनाको मुख्य कारण भएको छ । आधाभन्दा बढी दुर्घटना चालकले रक्सी खाई सन्तुलन गुमाउनाले हुने गर्छन् । कति व्यक्ति मदिरा खाई गाडी चलाउँछन् भन्नेकुरा हालै काठमाडौंमा गरिएको मदिरापान जाँचले पुष्टि गरेको छ । मदिरा सेवनले पारिवारिक एवं सामाजिक संरचना बिगार्न ठूलै भूमिका खेलेको छ । धेरैजसो चोरी, बलात्कार, आगजनी जस्ता अपराधसँग रक्सीको सम्बन्ध भेटिएको छ । यो आज संसारभरका कति लोग्नेस्वास्नी, साथीभाइ एवं परिवारका सदस्यहरूबीच झगडाको बीउ भएको छ । मदिरा दुव्र्यसनीले जता पनि आफूलाई असफल सम्झिने हुँदा आत्मग्लानिका कारण आत्महत्यासम्म गर्न पुग्छन् ।

मदिराले स्वास्थ्यमा फाइदा पनि गर्छ भन्दा पत्याउन गाह्रो पर्ला तर यो साँचो हो । यसबाट लाभान्वित हुन तोकिएका अधिकतम सीमा ९२० ग्रा। शुद्ध अल्कोहल प्रतिदिन भित्र रहनुपर्छ । यसले कार्बोहाइड्रेडको दोब्बर ९७ किलोक्यालोरी प्रति १ ग्राम इथानोल जति शक्ति दिन्छ । हृदयाघात, मधुमेह र पित्तथैलीमा पत्थरी जस्ता रोग खासगरी जीवनको उत्तराद्र्धतिर देखिने भएकाले हल्का मदिरापानले तिनीहरूको रोकथाममा मद्दत गर्छ । अल्कोहलले प्लाज्मा एच।डी।एल। कोलेस्ट्रेरोल बढाउने भएकाले रक्तवाहिनी शिराहरूमा बोसो जम्मा हुन दिंदैन र थ्रोम्बोसिस रगत जमेर हुने अवरोध एवं मुटुको समस्या कम हुन्छ ।

रगतमा भएको अल्कोहलले इन्सुलिनको क्षमता बढाउने भएकाले वयस्कमा हुनसक्ने मधुमेहको रोकथाम गर्छ तर मधुमेह भइसकेका बिरामीले भने अल्कोहल पिउनु हुँदैन् । वाइनमा अल्कोहलबाहेक अंगुरका रसमा पाइने पोषकतत्व पनि पाइने हुँदा त्यसबाट पनि फाइदा लिन सकिन्छ । रेस्भेराट्रोल लगायतका लाभोन्वाइडहरू खासगरी रातो वाइनमा पाइने हुनाले क्यान्सरका जोखिम र बूढोपन कम गर्न यो लाभदायी छ । फ्रान्सेलीहरू खाना खानुभन्दा अघि पिइने एक गिलास वाइनलाई क्षुधावर्धक पेयवस्तुका रूपमा लिन्छन् । वाइनले कीटाणुको संक्रमण कम गरी पाचनक्रियामा सुधार ल्याउँछ ।

उनीहरूको खानामा मासुजन्यवस्तु र चीज प्रशस्तै भए पनि मुटुका समस्या तुलनात्मक रूपमा कम हुनुमा वाइनमा लुकेको रहस्यलाई मानिन्छ । वियरमा पनि अल्कोहलबाहेक वाइनमा जस्तै भिटामिन र लवण पाइन्छन् । नेपाली जाँडलाई वियरसँग तुलना गर्न सकिन्छ । रक्सी डिस्टिलेशन गरी बनाइने हुँदा यसमा क्यालोरीको स्रोत अल्कोहलबाहेक केही पा“इदैन । त्यसैले हल्कापानमा सीमित हुनसके वाइन, वियर र जाँड नै उपयोगी हुन्छन् ।

मदिरा धेरै पिए विष र थोरै पिए औषधिको काम गर्छ । मदिरा पिउँदा फाइदा हुन्छ भनेर कुनै हालतमा पनि पिउन थाल्नु हुँदैन । के रक्सी वा वाइन, कसरी ढिलो वा छिटो, कसले पुरुष वा महिला र कति पियो भन्ने कुराले पनि मदिराको स्वास्थ्यमा पार्ने असर निर्भर रहन्छ । हप्ताको एक पटक त हो नि भनेर बेस्सरी पिउनाले खहरेको भेललेजस्तो रक्सीले बगाएर लैजान बेर लाग्दैन । यसरी नै कति मानिसले बेफ्याँकमा ज्यान गुमाएका छन् ।

मदिराको असर थाहा पाइपाई पनि मदिरापान गर्नेले सन्तुलित भोजन, प्रशस्त भिटामिन खासगरी थायमिन र फोलिक अम्ल भएका सागपात तथा फलफूल प्रशस्त खाएमा रक्सीको असर घटाउन सकिन्छ तर जोखिमबाट भने मुक्त हुन सकिंदैनन् । मदिरा आपैmमा समस्या होइन बरू सेवनको तौरतरिका र मात्रा समस्या भएको छ । त्यसैले जनचेतना अभिवृद्धि गरी भरसक मदिरा सेवन नगरौं, गर्नैपरे अधिकतम हदभित्र रही यसको समुचित उपयोग गरांै र फाइदा लिऔं ।
 डा गंगाप्रसाद खरेल : साभार गोरखापत्र

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ८ : ३१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता