२०८०, १५ चैत्र बिहीबार

भक्तपुरका अधिकांश पसलमा अखाद्य मिठाई

भक्तपुरका अधिकांश पसलमा अखाद्य मिठाई


भक्तपुर, १७ कात्तिक: भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो ।

अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रङग प्रयोग गरेको, बढी रङ्ग राखेर पठाउने गरेको, अधिकांश पसलमा तेल र रङ्ग भएको मिठाई, बासी मिठाई र म्याद नाघेका सामान ठूलो मात्रामा जफत गरी बाराही स्थानमा ल्याएर नष्ट गरिएकोे उक्त वडाका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

समितिले च्यामासिंहस्थित प्रकाश बासुकलाको मिठाई पसल, आरएम खाजा घर (मिठाई) पसल, न्यू लासिवा मिठाई भण्डार, नवदुर्गा एण्ड चाट हाउस, लक्ष्मी स्वीट एण्ड चाट प्यालेस, दिनेश लाछिमस्यूको साधारण रेष्टुराँ तथा मिठाइ पसल, रामकेशर प्रजापतिको चिया पसल र बिमल थापाको मिठाई पसलमा अनुगमन गरी त्यस्ता खान अयोग्य हुने मिठाई र प्रयोग गरिएका रङ्ग जफत गरेको थियो ।

यस्तै नवशक्ति इन्टरप्राइजेजबाट म्याद नाघेको अरुण केशरी खाद्य रङ्ग १३० बट्टा नष्ट गरिएको थियो । कतिपय मिठाई पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको थियो । गुणस्तरहीन तेलमा पकाएको मिठाई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र रु ५० हजारसमेत जरिवाना हुने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ८ : ०१ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय