२०८१, ७ बैशाख शुक्रबार

मनको इच्छा पुरा गर्ने मनकामना दर्शन किन गर्नुपर्छ ?

मनको इच्छा पुरा गर्ने मनकामना दर्शन किन गर्नुपर्छ ?


मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थान हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको इच्छा पूरा गर्ने भगवती वा देवी रुपमा मनकामनालाई पुजिन्छ । मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ ।

मानिसहरु अहिले पनि यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा पुग्छन् ।

मनकामना मन्दिरको उत्पत्तिको वारेमा किम्वदन्ती
मनकामना माईका पुजारीका अनुसार, राजा रामशाहा (वि.सं १६१४ देखि १६३६) का रानी लिलावती या पुण्यवतीदेवी अवतारी थिइन रे । लखन थापा लिलावतीका अति नजिक भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक विरामी भई स्वर्गिय भए । उनको अन्तेष्टि मस्र्याङदीनदीको–दरौदी दोभान रामशाह घाटमा गरियो ।

त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गइन । भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, ‘तिम्रो इच्छा पूरा गर्न तिर्मै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु’ भनेर भनिन रे । त्यसको महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दुध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो ।

सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाइ दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान भएको पुजारीले भनाइ छ ।

नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावसँग जोडिएको मन्दिर गोरखा जिल्लाको पवित्र स्थल मनकामना गाविसमा मनकामना शक्तिपीठ रहेको छ । दसैंको महाष्टमीका दिन भगवतीको मन्दिरमा विशेष पूजा गरिन्छ । यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशिर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा उल्लेख छ । यस शक्तिपीठमा सम्पूर्ण मनोकांक्षा पुरा गर्न देशविदेशबाट भक्तजनहरू वर्षभरी नै आउने गर्छन् ।

यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा दहे हुन्छ भन्ने जनविश्वास रहि आएको छ । यहाँ विशेषताः अष्टमीका दिन बली चढाइन्छ ।

मनकामना कसरी पुग्ने ?
पैदल यात्रीले पृथ्वीराजमार्गको आँबुखैरेनीबा मस्र्याङदी नदीको सानो पुल तरेर करिब ४ घण्टाको उकालो पैदरयात्रा गरेपछि मनकामना मन्दिर पुग्न सकिन्छ । केवलकारबाट जान चाहेमा पृथ्वीराजमार्गसँगै, कुरिनटारबाट मनकामना मन्दिरको परिसर नजिकै सम्म पुग्न सक्ने गरी मनकामना केवलकार नामक केवलकारको सुविधा छ । यो सुविधाको प्रयोग गरी तपाई मनकामना मन्दिर पुग्न सक्नुहुन्छ ।

यदी तपाई काठमाडौबाट जादै हुनुहुन्छ भने, तपाईले बस, कार या मोटरसाईकलबाट करिब १ सय २ किलोमिटर तय गरेपछि चितवन जिल्लाको कुरिनटार नजिकै, चरेस भन्ने स्थानमा पुग्नुहुनेछ । त्यहाँ तपाई, दर्शनार्थीहरुको सुविधाको लागि मनकामना मन्दिरको परिसर नजिकै सम्म पुग्न सक्ने गरी केवलकारको व्यवस्था गरिएको छ ।

मनकामना केवलकार नामक यो सुविधा अहिले सम्म नेपालको एकमात्र केवलकार सेवा हो । यो सेवाको माध्यमबाट १० देखि १५ मिनेट मै मन्दिर परिसरमा पुग्न सकिन्छ ।

मनकामना मन्दिर कहाँ पर्छ ?
यो मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थित छ । यो मन्दिर सदरमुकामको पोखरीथोक वजारदेखि १२ किलोमिटर दक्षिण तनहू, आँवुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १ हजार ३ सय ३ मिटर उचाइमा अवस्थित यो मन्दिरको परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपूर्णी र मनास्लु हिमालका थुम्कोहरु देख्न सकिन्छ ।

मनकामना मन्दिर परिसरको चाँपको रुखमा भगवती देवीको वास
प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजारौ भक्तजनहरु वर्षेनी गोरखा पुग्दछन् । पूजाआजा गर्दछन् । बली दिन्छन् । परेवा उडाउछन् । तर मन्दिर परिसरमा रहेको यो भिमकाय चाँपको रुखबारे कसैले पनि हेक्का राख्दैनन् र सोध्दैनन् पनि । तर, मनकामना मन्दिर अगाडी रहेको यो चाँपको रुख करिव ४ सय वर्ष भएको स्थानियबासीहरु बताउँछन् ।

पहेलो फुल फुल्ने यो चाँपको रुख उमेरका कारण बोक्राहरु चाउरिदै गए जस्तो देखिन्छ । स्थानियबासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङ सम्म पनि पुग्दछ रे । उनीहरुका अनुसार हुरी बतास आउँदा धेरैपटक रुखका हाँगाहरु भाच्चिए ।

तर, अहिलेसम्म मानविय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मानिन्छ । मनोकामना भगवति गोरखाको मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयम् मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ । दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ । नोपल समाचार पत्र

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ७ : १७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता