२०८०, १६ आश्विन मंगलबार

भक्तपुरमा नवदुर्गाको तान्त्रिक नृत्य शुरु

भक्तपुरमा नवदुर्गाको तान्त्रिक नृत्य शुरु


भादगाउँ, २ कात्तिक तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने नवदुर्गा मन्दिरका पूजारी जुलाल कर्माचार्यले जानकारी दिनुभयो ।

देवत्व सिद्धिका लागि प्रसिद्ध मानिएको तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पूजारी आचाजुले देवगण हुने सम्बद्ध वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु ९घँुघँुरु हस्तान्तरण० गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु भएको मानिन्छ ।

देवगणमा सम्बद्ध वनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पूजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा र काय“ बाजा तथा घ“घलाहरु नास द्यः अघितिर राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पूजारी कर्माचार्यले बताउनुभयो ।

वनमालाहरुले नृत्य सिद्धिप्राप्तिपछि नास द्यःलाई भेडा बलि दिइन्छ । नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका वनमालाहरुले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ६ : २८ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका