२०८०, ८ आश्विन सोमबार

मानव अधिकार आयोगको निर्देशन : पन्तको प्रमाण सुरक्षित राख्न निर्देशन

मानव अधिकार आयोगको निर्देशन : पन्तको प्रमाण सुरक्षित राख्न निर्देशन


काठमाडौँ, २५ असोज राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ ।

आयोगले आज पन्तको यौनिक स्वाव र नमूनाबाट पृथककीकरण डिएनएलगायतका सबूत जे–जस्तो अवस्थामा भए पनि सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँलाई निर्देशन दिएको आयोगका निमिक्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी मृतक निर्मला पन्तको भेजिनल स्वाव नमूना सङ्कलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाका बारेमा जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पनि आयोगले पत्राचार गरेको छ ।

यसैबीच आयोगले आजै पन्तको बलात्कारपछि हत्याको घटनाका सम्बन्धमा चिकित्सकीय जाँच तथा सबुदको वैज्ञानिक परीक्षणका बारेमा चिकित्सा विज्ञ र डिएनए विज्ञसँग छलफल गरेको छ । आयोगले पन्तको डिएनए परीक्षण प्रतिवेदन र शव परीक्षण प्रतिवेदनका प्रतिलिपिको समेत सूक्ष्म अध्ययनका बारेमा छलफल गरेको हो ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, त्रिवि फरेन्सिक मेडिसिन विभागका कानूनी चिकित्सा विज्ञ डा हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ वैज्ञानिक डा दिनेश झालगायत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ४१ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।