२०८१, ११ बैशाख मंगलबार

कर्णाली प्रदेशसभाको ३८औँ बैठक स्थगित

कर्णाली प्रदेशसभाको ३८औँ बैठक स्थगित


सुर्खेत, २३ असोज : कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको ३८औँ बैठक स्थगित भएको छ । बैठक सञ्चालन भएको तीन मिनेटमै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले अहिलेसम्म बजेटको रातो किताब, हालसम्म भएका गतिविधि सार्वजनिक नगरेको भन्दै बैठकमा विरोध जनाउनुभयो । सभा सदस्य श्रेष्ठले अहिलेसम्म संसद्लाई बन्धक बनाइएको आरोप लगाउनुभयो ।

“लामो समय भयो । सरकारले रातो किताब उपलब्ध गराएको छैन”, उहाँले भन्नुभयो, “अतिआवश्यक विधेयकसमेत सरकारले नलल्याउँदा हामी सबै संसद् कामविहीन भएका छौँ ।” बजेट सञ्चालन कसरी भइरहेको छ भन्ने थाह नहुँदा जनप्रतिनिधिका हिसाबले जनतालाई जानकारी गराउनसमेत समस्या भएको उहाँको गुनासो थियो । सरकारको कामप्रति जनताको असन्तुष्टि रहेको भन्दै उहाँले अहिलेसम्म भए गरेका गतिविधिका बारेमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध हुने चेतावनी दिनुभयो । डिजिटल प्रदेश भनिए पनि सबै जनता यसको पहुँचमा आउन नसकेको उहाँको टिप्पणी थियो ।

विधेयक प्रस्तुत हुन सकेन
आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदले बैठक अवरुद्ध गरेपछि “गाउँसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक, २०७५” सभामा प्रस्तुत हुन सकेन ।

उक्त विधेयक छलफलका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीकोतर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । अवरुद्ध बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : १७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने