Logo

काष्ठमण्डप पुनःनिर्माण कात्तिकदेखि



काठमाडौँ, १९ असोज: भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आगामी कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा भने सम्पन्न भइसकेको छ । अहिले पुनःनिर्माणका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको छ । अब सबैले देख्ने गरी काम शुरु गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको पहिलो साता नै पहिलो तला निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिने कामपा, भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले जानकारी दिनुभयो । तीन वर्षमा सबै निर्माण सम्पन्न हुने जनाइएको छ ।

काष्ठमण्डप पुनः निर्माणका लागि आवश्यक पर्ने सामग्री, काठ, इँटा र माटाको समेत परीक्षण भइसकेको छ । “अब नियमित रुपमा निर्माणको काम गर्न बाँकी हो, आगामी कात्तिक १ गतेदेखि शुरु हुन्छ”, प्रमुख थापाले भन्नुभयो । काठबाट निर्माण गरिने भएको हँुदा अन्य निर्माण सामग्रीभन्दा बढी काठको प्रयोग हुनेछ । निर्माणका लागि झण्डै रु १० करोडको काठ प्रयोगमा आउनेछ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग हुने इँटा र माटाको गुणस्तर परीक्षणसँगै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइसकेको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको इतिहासमा उल्लेख छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार मरुसत्तल सातौँ शताब्दीको भएको बताइएको थियो । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको भनाइ छ ।

रानीपोखरीको टुङ्गो दशैँअघि
भूकम्पकै कारण पूर्ण रुपमा क्षति भएको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणका लागि दशैँअघि पहिलो चरणको आशयपत्रको मात्र टुङ्गो लाग्ने छ । केही दिनअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्वलाई ध्यान दिँदै गरिनुपर्ने बताउनुभएको थियो । भूकम्प जाँदाका बेला पोखरीको स्वरुप जस्तो थियो सोहीअनुरुप निर्माण छिटो गर्न समय समयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले ज्ञापनपत्र पेश गरेका छन् ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । पोखरीको चारैतिर चार मन्दिर स्थापना गरिएको छ । तीमध्ये उत्तर पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश मन्दिर छन् ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार