२०८०, ४ आश्विन बिहीबार

यु–१९ एसिया कपमा नेपालले युएईलाई हरायो

यु–१९ एसिया कपमा नेपालले युएईलाई हरायो


काठमाडौं, असोज १६ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ । नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईलाई ३ विकेटले हराएको हो । २६९ रनको चुनौती नेपालले ४९ ओभर १ बल खेल्दै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।

रोहितकुमार पौडेलले ९२ तथा सुन्दीप जोराले ६७ रन जोडेको नेपाली इनिङ्समा कप्तान आरिफ शेखले ३५ तथा रसिद खानले १४ बलमा अविजित रहँदै ३ छक्काको मद्दतले २७ रन बनाए । रोहित खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाएको थियो ।

कप्तान फहाद नवाजले ८३ रन बनाएको इनिङ्समा रसिद खान, पवन सर्राफ र नन्दन यादवले समान २/२ विकेट लिए । यसअघि, भारतसँग १७१ रन तथा अफगानिस्तानसँग ३ विकेटले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको थियो यो समूहबाट समूह विजेता बन्दै भारत र समूह उपविजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । युएई भने जितविहीन रह्यो ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ६ : ०५ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका