२०८०, ४ आश्विन बिहीबार

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा


काभ्रे, १३ कात्तिक: यहाँका भूकम्पपीडितको आवास निर्माण अनुदान रकम बैंक खातामा पठाइएको छ । दशैँअघिसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइसँग माग गरिएको रकम बैंक खातामा पठाइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दशैँअघि दोस्रो र तेस्रो किस्ताको रकमको माग भइआएका भूकम्पपीडितको रकम सम्बन्धित सबैका बैंक खातामा पठाइसकिएको छ ।” उहाँले दशैँपछि भने कुनै भूकम्पपीडितबाट अनुदान रकम माग नभएको जानकारी दिनुभयो । भूकम्पबाट क्षति भएका यहाँका निजी आवासमध्ये २७ दशमलव ५ प्रतिशत घर पुनःनिर्माण भएको र पुनःनिर्माणको काम तीव्र गतिमा भइरहेको बताइएको छ ।

कार्यान्वयन एकाइका अनुसार यहाँ भूकम्पपछि ६८ हजार ७७३ घरपरिवारले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम लिएका थिए । पहिलो किस्ता लिएकामध्ये कात्तिक दोस्रो सातासम्म १८ हजार ९१९ पीडितले घर पुनःनिर्माण सम्पन्न गरेको र ४४ हजार ७५७ पीडितले दोस्रो किस्तावापतको रकम बुझेका छन् । भूकम्पबाट क्षति भएका जिल्लाका ११२ गुम्बाको पुनःनिर्माणका लागि सर्भे गर्ने काम सम्पन्न भई प्राधिकरणमा पठाइसकिएको प्रमुख रेग्मीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४८ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका