Logo

समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी



काठमाडौँ, ९ कात्तिक : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तक्र्रियामा उहाँले अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने अनुभव मिलेको धारणा व्यक्त गर्नुभयो ।

सिद्धान्तमा गल्ती नभई समाजवाद लागू गर्न नसकेकामा सोभियत सङ्घको अवसान भएको बताउँदै महासचिव येचुरीले गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनु चाहिँ गल्ती हुने स्पष्ट गर्नुभयो । राजनीतिक, साङ्गठनिक र अन्य कारणले भारतीय कम्युनिष्ट पार्टीको आन्दोलन र कार्यसूचीलाई प्रभावकारी तुल्याउन नसकिएको उल्लेख गर्नुभयो । बङ्गालमा आफ्ना २०० कार्यकर्ताको हत्या भएकाले सङ्गठन कमजोर भएको जानकारी उहाँले दिनुभयो ।

देशको परिस्थितिलाई बुझेर ठीक समयमा ठोस निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने पाटोलाई सबैले मनन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले नेपालमा देखिएको कम्युनिष्ट पार्टीको आन्दोलन निकै प्रभावकारी बनेको विचार प्रकट गर्नुभयो ।

अभ्यास र सिद्धान्तबीच एकार्कालाई तालमेल मिलाएर लैजान आवश्यक रहेको सुझाव दिँदै महासचिव येचुरीले सङ्गठनलाई अघि बढाउने सिलसिलामा आउने चुनौतीको समयमै सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो । एक प्रश्नको उत्तरमा उहाँले कम्युनिष्ट पार्टीमा को दलितको ब्राह्मण भन्ने विषय नै नउठ्ने जनाउँदै जातीय विषयलाई समाजवादले मात्र हल गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

भारतीय र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको बताउँदै महासचिव येचुरीले भन्नुभयो, “जो शासनमा पुग्छ, त्यसैको नाममा वाद जोड्ने अभ्यासमा भने सुधार ल्याउन आवश्यक छ ।” नेपाल र भारतबीच ठूलो र सानो नभई जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध रहेको पनि महासचिव येचुरीले उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले भारतीय कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच धेरै पुरानो र घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो ।

नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा महासचिव येचुरीलगायत भारतीय वामपन्थी नेताको निकै ठूलो योगदान र भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो । सरकार, संसद्, स्थानीय तह र संसद् सञ्चालनको लामो अनुभव हासिल गर्नुभएका येचुरी भाकपा (माक्र्सवादी)का पाँचौँ महासचिव हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार