२०८०, १६ आश्विन मंगलबार

राजमार्गका हाेटेल : खाना खाँदा थालमै कीरा, नखाँदा पेटमा भाेकका कीरा

राजमार्गका हाेटेल : खाना खाँदा थालमै कीरा, नखाँदा पेटमा भाेकका कीरा


भरतपुर, ८ कात्तिक : ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।

राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरिँदै अाएकाे विशेष रिपाेर्ट अन्नपूर्ण पाेस्ट दैनिकमा तुलमान गुरूङले लेखेका छन् ।

लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगरलगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन्। तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ८ : ३५ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका