२०८१, ३ बैशाख सोमबार

जाडोमा छालाको रोगबाट कसरी बच्ने ? यस्तो छ डाक्टरको सल्लाह

जाडोमा छालाको रोगबाट कसरी बच्ने ? यस्तो छ डाक्टरको सल्लाह


दाद, डण्डिफोर, चायापोतो बाहेक नङ र कपालको रोग पनि छाला रोग मानिन्छ । हाम्रो शरीरलाई नै जोगाउने छालालाई हामीले कसरी जोगाउने ? विशेष गरी जाडोको याममा बढी छाला सम्बन्धी रोग देखा पर्ने गरेको पाइन्छ ।

कसरी जोगाउने छाला ?
छालालाई सफा राखिराख्नुपर्छ । छाला महत्वपूर्ण मानव अंग हो । जाडोमा पनि पानीको समस्या छैन भने सँधै नुहाउँदा छालामा हुने इन्फेक्सन, व्याक्टेरिया इन्फेक्सनबाट बच्न सकिन्छ ।
जाडोमा छाला सुख्खा हुन्छ त्यसैले बढी चिलाउँछ । चिलाएपछि घाउ हुन्छ, इन्फेक्सन हुन्छ । यसको लागि चिकित्सको सल्लाहअनुसार सावुन, फेसवास प्रयोग गर्नुपर्दछ । सँधै लोसन लगाउँनुपर्छ । मुटु, किड्नीलाई बचाउन छालाको महत्वपूर्ण भूमिका हुन्छ । बाहिरको वातावरणबाट व्याक्टेरिया, भाइरसहरुबाट र भित्र इन्फेक्सन नहोस् भनेर छालाले महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

छालामा देखिने पोतो कसरी आउँछ ?
छालामा देखिने पोतो विशेष गरी पुरुषमा भन्दा महिलामा देखापर्छ । महिलाको हर्मोनको कारण उनीहरुमा बढि देखिन्छ । गर्भावस्थामा हर्मोनहरु परिवर्तन हुन्छन् त्यसकारण बढी देखिन्छ तर गर्भ नभएका महिलामा पनि देखिन्छ । घामको कारण पनि पोतो निस्कन्छ । घामबाट बच्न सके यो पोतो नआउने सम्भावना बढि हुन्छ । अहिले महिलाहरुले ‘कस्मेटिक प्रोडक्ट’ बढी प्रयोग गर्दा यो पोतो देखिन्छ । फाउन्डेसन, हर्वल मसराइजर, क्रिमहरुले पोतो देखा पर्दछ ।

छालामा बाहिरै निस्किने डल्ला के हो ?
शरीरका विभिन्न भागमा गिर्खाहरु देखा पर्छ । कुनै ठुलो डल्ला हुन्छ भने कुनै छालामा केही नदेखिने भित्र डल्लो हुुन्छ, जुन छामेर पत्ता लगाउन सकिन्छ । त्यसभित्र बोसोको डल्लो हुन्छ । ठूलो छ भने काटेर फाल्दा राम्रो हुन्छ तर सानो छ भनि केही नगर्दा पनि हुन्छ । नचिलाउने खालको डल्लो काट्न मिल्छ तर त्यो डल्लो हेरेर मात्र थाहा हुन्छ ।

छालाको रोगबाट कसरी बच्ने ?
जथाभावि कस्मेटिक सामान प्रयोग नगर्ने
सम्बन्धित डाक्टरलाई देखाएर मात्रै औषधि प्रयोग गर्ने
राम्रो पार्लर भनेर जथाभावि क्रिम प्रयोग नगर्ने
विहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको घामबाट बच्ने
सँधै मसराइजर, सन्सक्रिम, फेसवास प्रयोग गर्ने
१८र१९ वर्षको युवा अवस्थादेखि नै ‘सन ब्लक’ प्रयोग गर्यो भने नआउन पनि सक्छ । जस्तो छालामा पनि आउने भएकाले पोतोको औषधी प्रयोग गरे पनि स्थायी हुँदैन, एकचोटि आएपछि फेरि–फेरि आइरहन्छ ।

डण्डिफोर
किशोर अवस्थामा हर्मोनहरुमा परिवर्तन आउने भएका कारण डण्डिफोर देखा पर्छ । सुरुमा आउँदा बजारको राम्रो ‘फेसवास’ प्रयोग गर्नुपर्छ । धेरै नै देखा पर्यो भने चिकित्सकको सल्लाह बमोजिम कम गर्न सकिन्छ । अहिले ४०र५० वर्षका व्यक्तिलाई पनि देखा पर्न थालेको छ । यो वातावरणको कारण पनि हो ।
दाद
यो ‘फंगल टिनिया इन्फेक्सन’ हो । यो चक्का चक्का जस्तो देखा पर्छ । यो जुनसुकै समयमा आउँछ । फङ्गस, व्याक्टेरियाबाट आउँछ । पानी जमेर कुनै पनि ठाउँमा ढुसी आउँछ त्यस्तै हो दाद पनि एक किसिमको ढुसी हो । हाम्रो जीउमा पनि पसिना जम्यो र सरसफाई भएन भने दाद निस्किन्छ । यसबाट बच्न सँधै नुहाउनुपर्छ, छालालाई सफा राख्नुपर्छ । पसिना बग्छ भने विहान बेलुकी नै साबुन लगाएर सफा गर्ने र भित्रि वस्त्र सँधै फेर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : ११ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता