२०८०, ५ आश्विन शुक्रबार

जुम्लामा जीप दुर्घटना: तीनको मृत्यु, सात घाइते

जुम्लामा जीप दुर्घटना: तीनको मृत्यु, सात घाइते


जुम्ला, ७ कात्तिक : सिजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उहाँकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यस्तै रारादेखि पर्यटक बोकेको ग १ य १०९७ को जीप कनकासुन्दरी गाउँपालिका–६ गोरुचौर नजीकै सडकबाट खस्दा सात यात्रु सामान्य घाइते भएका छन् । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : १६ बजे

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो