Logo

‘रामायण’ लेखियो हनुमानघाटमा



भक्तपुर, ७ कात्तिक: विश्वका आदि महाकवि महर्षि वाल्मीकिले ‘रामायण’ लेखनको अन्त्य स्थानीय हनुमानघाटमा भएको बताइएको छ । भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्र र हनुमानघाट सामाजिक सेवा समितिले आज आयोजना गरेको वाल्मीकि जन्मजयन्ती कार्यक्रममा संस्कृति तथा इतिहासविद्ले यसअघि वाल्मिकीले नवलपरासी र चितवनको त्रिवेणीमा बसेर ‘रामायण’ लेखेको भनिए पनि लेखनको अन्त्य हनुमानघाटमा आएर गरेको बताएका छन् ।

कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले हनुमानघाटस्थित वाल्मीकीश्वर महादेव क्षेत्रको अध्ययन अनुसन्धान गरी वाल्मीकिबारे यथार्थ तथ्यलाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो । इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक–पौराणिक इतिहासलाई एकीकृत अध्ययनअनुसन्धान गर्नुपर्ने औँल्याउनुभयो । श्रेष्ठले वाल्मीकि रामभक्त हनुमानको सहयोगमा तीन हजार पाँच सय वर्ष अगाडि हनुमानघाट आउनुभएको प्रमाण रहेको जिकिर गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाल्मीकि महर्षिको ‘रामायण’ लेखेको र तपस्या गरेको स्थान हनुमानघाटको विकास र प्रवद्र्धन गर्ने जिम्मेवारी नगरपालिकाले लिने बताउनुभयो ।

कार्यक्रममा इतिहासविद् प्रा सुरेन्द्र केसीले ‘हिमवत्खण्ड’को १४५ औंँ अध्यायमा हनुमान सूर्यलाई भेट्न जाँदा सूर्यसँंग ठोकिएर चिउँडो झरेको प्रमाण रहेको जिकिर गर्नुभयो । “हनुमानघाटसँगै रहेको बाल्मीकीश्वरको ६०० वर्ष पुरानो शिलालेखले बाल्मीकि ऋषि हनुमानघाट आएको तथ्य रहेको भए पनि त्यसभन्दा अगाडिको इतिहासका बारेमा अनुसन्धान गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटा, प्रा डा ऋषिराज पोखरेल, प्रा डा विष्णुराज आत्रेय, प्रा डा शास्त्रदत्त पन्त, डा टीकाराम अधिकारी, रामबहादुर प्रजापतिलगायतले वाल्मीकिले ‘रामायण’ लेखन पूरा गरेको हनुमानघाटस्थल एवं बाल्मीकीश्वर महादेव मन्दिर स्थापना गरेको बताउनुभयो ।

विज्ञले वाल्मीकिले हनुमानघाटमा पनि ‘रामायण’ लेखेको आधार भेटिएको बताउँदै यस क्षेत्रमा बाल्मीकिले ‘रामायण’ लेख्दाको आसन र शिवलिङ्ग एवं समाधिस्थलको अध्ययन हुनुपर्नेमा जोड दिनुभयो । संस्कृति र इतिहासविद्ले तीन हजार पाँच सय वर्षभन्दाअघि वाल्मीकिले ‘रामायण’ लेखन गर्दाको तथ्य र प्रमाणको अनुसन्धान अहिलेसम्म हुन नसकेकाले राज्यले नै अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार