२०८०, ४ आश्विन बिहीबार

नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने सरकारको लक्ष्य

नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याउने सरकारको लक्ष्य


काठमाडौं, कात्तिक ७ : सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो ।

हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो । आजको राजधनी दैनिकमा समाचार छापिएको छ ।

प्रतिवेदनले २०७७ सालसम्म मातृ मृत्युदर (प्रतिलाख जीवित जन्म) २३९ बाट १२५ मा झार्ने लक्ष्य लिएको छ । पाँच वर्षमुनिका बालमृत्यु (प्रतिहजार जीवित जन्म) ३९ बाट २६, नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्म) २३ बाट १७ जनामा झार्ने लक्ष्यसमेत निर्धारण गरिएको छ ।

पछिल्लो समय नवजात शिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको हो ।

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : ४२ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका