२०८०, ८ आश्विन सोमबार

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुट्ने वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुट्ने वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा


ओखलढुङ्गा, ६ असोज : स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।  मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।

शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ ।

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ९ : ०३ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।