२०८०, ४ आश्विन बिहीबार

सशक्त प्रतिपक्षको भूमिका खेल्नेः नेता साउद

सशक्त प्रतिपक्षको भूमिका खेल्नेः नेता साउद


कालीकोट, ५ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताउनुभएको छ ।

काङ्ग्रेस कालीकोटद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ ।”

नेता साउदले यातायात क्षेत्रमा मूल्य वृद्धि, यातायात क्षेत्रको सिण्डिकेटलाई यथावत् राख्नु, काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याउन नसक्नुलगायत मुद्दाले सरकार कमजोर हुँदै गएको आरोप लगाउनुभयो ।

“स्थानीय सरकारमा भ्रष्टाचार बढ्दै गएको र विकास निर्माण पारदर्शी नभएको जनगुनासा बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा रहने कार्यकर्ताले यसको लेखाजोखा गर्नुस्, नागरिकलाई गाउँमा सिहंदरबार आएको महशुस गराउनका लागि प्रतिपक्षमा भए पनि काङ्ग्रेसले जनताको पक्षमा काम गर्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ८ : ४९ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका