Logo

अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन : सञ्चारमन्त्री बाँस्कोटा



काभ्रे , १३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन नसक्ने बताउनुभएको छ ।  काभे्रपलाञ्चाकको पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला सहकारीको आज २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कुनैपनि अपराधी पानीमुनि लुकेपनि उम्कन सक्दैन, उसलाई कुनै क्षमा पनि हुँदैन ।” उहाँले नेपाली समाजका केही पुरुष र महिलाका कारण पनि समाज विकृत बन्दै अपराधिक घटना घटेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सूचना–प्रविधिको विकाससँगै विकृत रुपमा आएको अश्लील साइटले आपराधिक घटनामा बढोत्तरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपराधिक घटना घटाउन अश्लील साइटले उत्पे्ररित ग¥यो, यसकारण आठ हजार अश्लील साइट बन्द गरिसक्यौँ ।” समाजका सबै सभ्य नागरिक भए कुनैपनि अपराधिक घटना नहुने भएकाले प्रत्येक नागरिक स्वाभिमानपूर्वक आफ्ना गतिविधि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा मात्रै नागरिक खराब भए समाजिक जीवनशैली बिग्रन्छ, त्यसैले पनि नागरिक चरित्रवान् बन्नु जरुरी छ ।”

मन्त्री बाँस्कोटाले मुलुकका अझैपनि ६९ गाउँपालिका टेलिफोनविहीन रहेकाले एक वर्षभित्र ती क्षेत्रमा सञ्चार सेवा पु¥याउनुपर्ने आफ्नो जिम्मेवारी भएको बताउनुभयो । मन्त्री बास्कोटाले आजै बनेपा नपा–६ बुडोलमा अवस्थित काभे्र बहुमुखी क्याम्पसमा रहेको वाङ्मय पुस्तकालयका लागि क्याम्पस व्यवस्थापन समितिका सदस्य राजभाई प्रधानद्वारा व्यक्तिगत रुपमा रु ४५ लाखको लागतमा निर्मित दिव्यलक्ष्मी स्मृति भवनको शिलान्यास पनि गर्नुभयो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार