२०८१, १० बैशाख सोमबार

पत्रपत्रिकालाई नयाँ मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा

पत्रपत्रिकालाई नयाँ मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा


बनेपा असोज १३ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा शनिबार प्रतिभा सम्मान गुठीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ प्रविधिको सञ्चारले क्षण भरमा नै धेरै कुराको जानकारी दिने भएकाले छापा सञ्चार माध्यमलाई चुनौती थपिएको बताउनुभयो । नयाँ मिडिया हातहातको मिडिया शक्तिशाली भएर आएकाले अब छापा सञ्चारमाध्यम केही समयपछि विवरण राख्ने तथा विचार प्रस्तुत गर्ने माध्यम मात्रै हुने अवस्था आउन सक्ने बताउनुभयो ।

प्रविधिले सहजता ल्याएपछि प्रतिस्पर्धा बढेको र त्यसभित्र आफूलाई विश्वसनीय बनाउन जरुरी रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । उहाँले भन्नुभयो, “विश्वसनीय नभई लोकप्रिय हुँदैन, लोकप्रिय नभइ ‘मिडिया हाउस’ चल्न गाह्रो हुन्छ ।” पत्रकारिता भोक, तिर्खा, पानी, जाडोलगायतको पर्वाह नगरी गर्ने चुनौतीको पेशा भएको उहाँको भनाइ थियो ।

कतिपय अवस्थामा पत्रकारिता कर्म र धर्म कुन अवस्थाको हो भन्ने कुरा पत्रकार आफैले छुट्याएर अगाडि बढ्नुपर्ने अवस्थासमेत आएको उहाँले बताउनुभयो । “कर्म गरे अवश्य फल प्राप्त हुन्छ, तर धर्मले शान्ति मात्रै दिने भएकाले कुन अवस्थाको कर्म हो भन्ने आफैँले छुट्याएर अघि बढ्न आवश्यक छ”–उहाँले भन्नुभयो ।

सरकारले दीर्घकालीन विकासको कामलाई अगाडि बढाइसकेको हुनाले समाजमा स्थिरता छाएको उल्लेख गर्दै उहाँले विस्तारै सामाजिक, राजनीतिक, सांस्कृतिक, कला, साहित्य र पत्रकारिता क्षेत्रको विकासमा फड्को मार्दै जाने बताउनुभयो ।

गुठीका अध्यक्ष मोहन दुवालले सामाजिक काम गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको र यस वर्ष पत्रकारिता जगत्बाट समाजको लागि योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका पत्रकार कष्णा ताम्राकार, नेपाल समाचारपत्र दैनिकका भगवती तिमल्सिना र नारी पत्रिकाका सिर्जना दुवाल श्रेष्ठलाई सम्मान गरिएको थियो । तीनैजनालाई जनही रु १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । –रासस

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने