२०८०, ५ आश्विन शुक्रबार

भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते

भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते


जाकार्ता, १३ असोज इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन् ।
इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै सतर्कता अप्नाउन आह्वान गरेको छ ।

अधिकारीहरूका अनुसार ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो ।
“भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो,” जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासँग फोनमा भन्नुभयो ।

इन्डोनेसियामा शुक्रबर दिउसो शक्तिशाली भूकम्प गएको हो । सुरुमा ७।७ म्याग्नीच्युडको भूकम्प पछि ७।४ म्याग्नीच्युडको भएको थियो ।

भूकम्प गएको १२ मिनेटपछि पराकम्प भएको थियो । पराकम्प पनि झण्डै ६।१ म्याग्निच्युडको थियो । त्यसैगरी मुख्य भूकम्प गएको तीन घण्टापछि ६।० म्याग्नीच्युडको पराकम्प भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : १९ बजे

आज देशभर बर्षाको सम्भावना, कोशी, मधेस र गण्डकी प्रदेशमा ठूलो वर्षा र चट्याङ्ग

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ