२०८१, १० बैशाख सोमबार

राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन

राष्ट्रिय हितलाई असर पार्ने आयोजना अघि बढाइन्न : ऊर्जामन्त्री पुन


काठमाडौँ, १२ असोज: ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई असर गर्ने र नेपाली जनतालाई ऋणको भार थोपर्ने ढङ्गबाट कुनै पनि आयोजना अघि नबढाइने बताउनुभएको छ । राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले आयोजनाका लागि आवश्यक रकमको व्यवस्थापन र प्राप्त गर्ने सम्भावनाबारे नै छलफल नभएको अवस्थामा पैसाको चलखेल भएको भनी सांसदबाटै आरोप लगाउनु शोभनीय नभएको धारणा व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव डा सञ्जय शर्माले ठेकेदारको क्षमता, जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङकनजस्ता विषयले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने सन्दर्भमा प्रारम्भमा केही ढिलाइ भए पनि पछिल्लो समय आयोजनाको प्रगति र अनुगमनसम्बन्धी व्यवस्थामा सुधार आएको जानकारी दिनुभयो । समितिको आजको बैठकमा सिक्टा, रानी जमरा, भेरी बबई डाइभर्सन, पश्चिम सेती, बूढीगण्डकी आयोजनाको प्रगति, समस्या र समाधानका उपायका बारेमा छलफल भएको थियो ।

बैठकमा तत् आयोजनाका प्रमुखले जग्गा अधिग्रहण, मुआब्जा र वनसम्बन्धी अल्झनका कारण आयोजना समयमा पूरा गर्न कठिनाइ भएको हुँदा यस्ता विषयमा नीतिगत निर्णयको आवश्यकता रहेको सुझाव दिनुभएको थियो । यसअघि बैठकमा समितिका सदस्यले सिक्टा आयोजनामा भएको अनियमितताको छानबिन गर्न, आयोजनाको गुणस्तरका बारेमा आएको प्रश्नलाई स्पष्ट पार्न तथा आयोजनाको लगत बढ्ने तर समयमा निर्माण पूरा नहुने प्रवृत्ति अन्त्य गर्न मन्त्रालयलाई सुझाव दिनुभएको थियो ।

बैठकमा सांसद कोमल ओली, सुरेन्द्रराज पाण्डे, खीमलाल भट्टराई, खेमराज नेपाली, रामप्रीत पासवान, धनकुमारी खतिवडा लगायतले राष्ट्रिय गौरवका आयोजनाकै निर्माण प्रगति सन्तोषजनक नदेखिएको जनाउँदै कागजमा देखिएको जस्तै स्थलमा प्रगति भएको छ कि छैन भनी प्रश्न गर्नुभयो । उहाँहरुले बूढीगण्डकी आयोजनामा ठूलो पैसाको चलखेल भएको आरोप लगाउँदै भेरी–बबई बहुउद्देश्यीय आयोजनामा सुरुङका लागि प्रयोग भएको उपकरण अन्य आयोजनामा पनि लगाउनेतर्फ ध्यान पु¥याउन सरकारलाई सुझाव दिनुभयो । समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा गुणस्तरीय रुपमा सम्पन्न गर्नेतर्फ ध्यान पु¥याउन सरकारलाई निर्देशन दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ६ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने