२०८१, १० बैशाख सोमबार

किन विहानै उठ्ने कोसिस गर्नु हुँदैन ? हुर्नुहोस् कारणहरु

किन विहानै उठ्ने कोसिस गर्नु हुँदैन ? हुर्नुहोस् कारणहरु


काठमाडौं, ८ असोज : बीबीसी ‘अर्ली टू बेड अर अर्ली टू राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी एण्ड वाइज’ अंग्रेजीमा यो भनाइ निकै पुरानो हो। जसको अर्थ हुन्छ, छिट्टै सुतेर चाँडै उठ्दा धेरै फाइदा हुन्छ । यो बानीले मानिसलाई स्वस्थ, बुद्धिमानी बनाउँछ।

एप्पल कम्पनीका सिइओ टिम कुक विहान पौने चार बजे उठ्छन्। फिएट कम्पनीका सिइओ सर्जियो मार्शियोन विहान साँढे तीन बजे उठ्छन्। चर्चित बेलायती व्यापारी रिचर्ड ब्र्यानसन विहान पौन ६ बजे उठ्छन्।

सबैलाई थाहा छ,उनीहरु निकै सफल छन्। त्यसो हो भने के यिनीहरुको सफलताको राज विहान चाँडै उठ्नु हो। यसमा कुनै शंका छैन की विहान उठ्दा धेरै फाइदा हुन्छ। सबेरै उठेर तपाइँ व्यायाम गर्नुहुन्छ, नास्ता गर्नुहुन्छ र अफिस जानकालागि त्यसअघि नै धेरै काम पूरा गर्नुहुन्छ।

त्यसो भए के ढिला उठ्ने मानिस असफल हुन्छन्रु जो मानिस ढिलासम्म सुत्छन्, उनीहरुको काम अधुरै रहन्छरु के ढिलोसम्म सुत्ने मानिस न सफल हुन्छन न स्वस्थरु

यदि तपाइँलाई यस्तो लाग्छ भने आफ्नो मनबाट यस्तो सोच निकाल्दिुनस्। किनभने एक सर्वोक्षणबाट के पत्ता लागेको छ भने विश्व दुई भागमा बाँडिएको छ। आधि मानिस यस्ता छन्, जसलाई विहानै उठ्न मन पर्छ, उता वाँकी आधि मानिस भने राति अबेरसम्म बस्ने र विहान ढिलोसम्म सुत्न मन पराउँछन्। तर यस्तो त भएको छैन, की राति अबरेसम्म बस्ने मानिस सबै सफल भएका हुन्।

विश्वभरका मानिसमध्ये करिव एक चौथाई यस्ता छन्, जो विहानै उठ्न मन पराउँछन्। करिव करिव त्यति नै मानिस राति अबेरसम्म बस्न मन पराउँछन्। अनुसन्धानबाट के पत्ता लागेको छ भने विहानै उठ्ने मानिस धेरै मिलनसार हुन्छन्। उनीहरु कुनै पनि घटनाको सही विश्लेषण गर्न सक्छन्। यस विपरित राति अबेरसम्म बस्ने मानिस धेरै कल्पनाशिल हुन्छन्। उनीहरु धेरैबेर एक्लै बस्न मन पराउँछन्।
अनुसन्धानबाट के पत्ता लागेको छ भने विहानै उठ्ने मानिस आत्मप्रेरित हुन्छन्। उनीहरु निरन्तर काम गर्छन। अरुको कुरा पनि धेरै मान्दछन्।

उनीहरु ठूलो लक्ष्य राख्छन्। भविष्यको योजना बनाउँछन्। राति अबेरसम्म बस्नेको मानिसको तुलनामा विहान छिट्टै उठ्ने मासिन कम मदिरा सेवन गर्छन्। उनीहरुमा डिप्रेशनको समस्या कम हुन्छ।

राति अबेरसम्म बस्ने मानिसको स्मरण शक्ति कम हुन्छ। तर बुद्धि, विवेकको तुलनामा उनीहरु विहानै उठ्ने मानिस भन्दा तेजिलो हुन्छन्। उनीहरुको काम गर्ने गति पनि तेज हुन्छ। राति अबेरसम्म बस्ने मानिसहरु नयाँ प्रयोग गर्ने विषयमा अगाडि हुन्छन्। विहान चाँडै उठ्नेहरुको लक्ष्य तयार गर्नु कुनै व्यापार होइन, तपाइँलाइै केही बेर थप सुत्न मन छ भने सुत्नुस्।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक क्याथरिना वुल्फ भन्छिन्, ‘ प्रत्येक मानिसको शरीरमा भगवानको एउटा घडी हुन्छ। मानिसहरुको निन्द्रा र सुत्ने उठ्ने सबै कुरा सोही घडी अनुसार चल्छ। यसलाई सिर्काडियन क्लक भनिन्छ। सोही घडीको हिसावले हाम्रो शरीरलाई सुत्ने र जाग्ने इच्छा हुन्छ।’

अब कसैलाई जबर्जस्ती उसको शरीरको घडीको विरुघ विहानै चाँडै उठ्ने वा राति अबेरसम्म बस्न भनियोभने त्यसको असर खराब हुन्छ। शरीरमाथि दवाब दिनु कहिले पनि फाइदा जनक हुँदैन। राति अबेरसम्म बस्नेलाई विहानै उठ्न दवाब दिने हो भने उसलाई फाइदा हुँदैन र उसले राम्रोसँग काम गर्न सक्दैन । उसको वजन बढ्न सक्छ जुन स्वास्थ्यकालागि हानिकार हो।

विहानै उठ्ने मात्र सफल हुने भन्ने कुरा सत्य होइन । बक्स कम्पनीका सिइओ आरोन लेवी, बजफीडका सिइओ जोनाह पेरेटी, आयरल्याण्डका उपन्यासकार जेम्स जायस, अमेरिकी लेखिका गट्रूडे स्टेन, फ्रेच्न उपन्यासकार गुस्ताव फ्लाबर्ट यी सबै राति ढिला सुत्थे र राति नै जाग्थे।
अहिलेसम्मको कुनै पनि असुन्धानले विहानै उठ्ने मानिस सफल हुने देखाएको छैन। तपाइँको शरीरको हार्मोन तपाइँको शरीरको घडीको हिसावले रिलिज हुन्छ। बानी परिवर्तन गर्दा शरीरको तालमेल विग्रन सक्छ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ६ : ५४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने