२०८१, ६ बैशाख बिहीबार

आज शनिबार भुलेर पनि नखानुहोस् यी ७ चीज

आज शनिबार भुलेर पनि नखानुहोस् यी ७ चीज


एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ। के के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ

सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ।काँचो आपको अचार खान बाट बच्नुहोस्। रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ।माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ।

अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ।शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ।शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।

शनिबार व्रतविधि
शनिदेव शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ। धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ। यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ। अझ श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वाश छ।

फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई घाम, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ। व्रतको दिन नीलो वस्त्र धारण गर्ने चलन छ। एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल९पानी० चढाउनु पर्दछ। त्यसपछि भगवान भोलेनाथ महादेवको उपासना गर्नुपर्दछ। यो व्रत जम्मा १९ वटा शनिबारसम्म लिने मान्यता छ। अन्तिम दिन कालो मास, तिल, फलामका सामान आदि काला पदार्थहरू दान गर्नुपर्छ। ब्राह्मण भोजन गराई तथा वस्त्र, दक्षिणा आदि प्रदान गरी ब्राह्मणलाई प्रसन्न तुल्याउनु पर्दछ।

व्रतकथा एक पटक सूर्य, चंद्रमा, मंगल,बुध, गुरु, शुक्र, शनि, राहू र केतु यी समस्त ग्रहहरूका माझमा एकाआपसमा हामीमध्ये सबैभन्दाको ठूलो भन्ने विषयमा झगडा भयो ्र सबै आआफूलाई ठूलो मान्दथे ्र आपसमा विवाद नसुल्झिएपछि ती ग्रहहरू आआफ्ना तर्क र अडान लिएर देवराज इंद्र भए ठाउँमा गए। त्यसपछि इन्द्रलाई सबैले एक स्वरमा भन्दा भए – हजुर सम्पूर्ण देवताहरूका राजा हुनुहुन्छ, अतः हजुरले हामीबीचमा भएको विवादलाई राम्ररी अनुसन्धान गरी न्यायसम्मत ढङ्गले हामी नवै जनामध्येको ठूलो हो निर्णय गर्नुहवस् ्र

देवराज इंद्र ग्रहदेवताहरूका कुरा सुनेर सुरुमा त अत्तालिए र तुरुन्त ममा यस्तो निर्णय गर्ने सामर्थ्य कहाँ छ र भन्दै पन्सिन खोजे। बास्तवमा सबै ग्रहहरू एकसेएक पराक्रमी छन्, अब कसलाई सानोठूलो भनेर छुट्याउनु देवराज इन्द्रका निम्ति यो एउटा कठिन घडि नै थियो। केही बेरपछि इन्द्रले भने९ म आफ्नो औकातले त यो निर्णय गर्न सक्दिन, तर एउटा उपाय सुझाँउछु। त्यो उपाय हो यस समय पृथ्वीमा राजा विक्रमादित्य राज गर्दछन्, उनी अर्काको दुःख निवारण गर्ने सामर्थ्य पनि राख्दछन्। त्यसैले हजुरहरू नवै जना उनैकहाँ जानुहोस्, त्यहीं यस विवादको समाधान हुनेछ ्र

समस्त ग्रहदेवता देवराजका त्यस्ता कुरा सुनेपछि देवलोकबाट भूलोकमा आए र राजा विक्रमादित्यको सभाकक्षमा उपस्थित भए, अनि आफ्नो प्रश्न राजासमक्ष तेर्स्याए ्र राजा विक्रमादित्य ग्रहहरूका कुरा सुनेर गहन चिन्ताग्रस्त भए र सोच्न थाले म के उपायका आधारमाको ठूलोको सानो भनेर भन्नुरु फेरि जो सानो बनिएला, त्यसलाई रिस पनि उठ्ला। त्यसपछि विक्रमादित्य ग्रहहरूको विवादबाट पन्सिने उपाय सोच्न थाले र सुन, चाँदी, कांसो, पीतल, सीसा, लाहा, जस्ता, अभ्रक र फलाम गरी नौ किसिमका धातुका नौवटा आसन निर्माण गरी ती नवनिर्मित आसनलाई क्रमैसित अर्थात् सबैभन्दा पहिले सुनको र पुछारमा फलामको आसन ओछ्याउन लगाए

त्यसपछि राजाले सबै ग्रहहरूसँग प्रार्थना गरे – यहाँहरूले आआफ्नो आसन ग्रहण गर्नुहवस्, यहाँहरूमध्ये जसको आसन सबैभन्दा अगाडि छ, ऊ ठूलो हुने र जसको आसन सबैभन्दा पछि छ त्यो सानो हुने भन्ने यहाँहरूले आफैं बुझ्नुहोला। ती आसनमध्ये फलामलाई सबैभन्दा पछि ओछ्याइएको थियो, अनि फलाम शनिदेवको धातु हो, त्यसैले शनिदेवले राजाले मलाई सबैभन्दा सनो बनाए भन्ने कुरा बुझे ्रयस निर्णयप्रति शनिदेवलाई असाध्यै रिस उठ्यो

तुरुन्त राजा विक्रमादित्यलाई झम्टँदै क्रोधित शनिदेवले राजा तपाईंले मलाई चिन्नुभएको रहेनछ, हेर्नुहोस् सूर्य एउटा राशीमा एक महिना, चन्द्रमा सवा दुई दिन, मङ्गल डेढ महिना, बृहस्पति तेह्र महिना, बुध र शुक्र एक९एक महिना विचरण गर्दछन् तर म एउटा राशीमा साढे दुई वर्ष विचरण गर्दछु। त्यतिमात्र कहाँ हो र म जुन राशीमा भ्रमणशील हुने गर्दछु त्यस रशीसँगै छेउछाउका राशीमा समेत मेरो प्रत्यक्ष असर हुने गर्दछ, जसलाई साढेसाती भनिन्छ। ठूलठूला देवताहरूलाई पनि मैले भीषण दुःख दिएको छु

हे राजन१ सुन्नुहोस्, श्रीरामचन्द्रले साढेसाती भएका बेला वनवास जानुपर्‍यो रावणलाई साढेसाती प्राप्त हुँदा भगवान् रामचन्द्रले बाँदरको सेना साथमा लिई लङ्कामा आक्रमण गर्नुभयो र रावणको वंशविनाश हुनपुग्यो हे राजन १ अब हजुर पनि मेरो प्रकोप सहन तैयार रहनुहोला ्र राजा विक्रमादित्यले शनिदेवको रोषलाई सामान्य रूपमा लिए र भने – जे भाग्यमा लेखिएको छ, त्यस्तै त होला नि ्र यसपछि अन्य ग्रहहरू त प्रसन्नतापूर्वक नै त्यहाँबाट आआफ्ना स्थानतर्फ गए तर शनिदेव रिसाउँदै फर्किए। केही समय व्यतीत भएपछि राजा विक्रमादित्यको राशीअनुसार उनलाई पनि साढे सातीको दशा आयो। शनिदेव घोडाका ब्यापारी बनेर अनेकानेक घोडा लिई राजाको राजधानीमा प्रवेश गरे

अनि राजालाई सिपाहीले घोडाको ठूलो ब्यापारी आएको कुरा सुनाए। सिपाहीका कुरा सुनेर राजाले दरबारको आवश्यकता हेरी राम्राराम्रा घोडा किन्ने आज्ञा प्रदान गरे अश्वपालले राजाज्ञा स्वीकार गरी उत्तम नश्लका केही घोडा खरीद गर्‍यो। केही दिनपछि किनिएका घोडाको जाँचपरख गर्न राजा स्वयं तबेलामा गए र सवार गर्न एउटा असल घोडा छानेर चढे राजा चढ्नासाथ घोडा तेजीका साथ बेस्सरी कुद्न थाल्यो त्यो घोडा त विक्रमादित्यको राज्यभन्दा धेरै टाढा एउटा घना जङ्गलमा गएर उनलाई त्यहीँ छाडेर अन्तर्ध्यान भयो

त्यसपछि राजा त्यस निर्जन वनमा धेरै दिन भौंतारिए ्र भोकप्यासबाट पीडित भएका दुखी राजाले भौतारिदा भौतारिंदै एउटा गोठालोलाई भेटे जसले उनलाई पानी खान दियो राजाको औंलामा औंठी थियो, उनले त्यो औंठी त्यसै ग्वालालाई उपहारस्वरूप प्रदान गरे र त्यसै गोठालासित देशकालको जानकारी लिई बाटो पहिल्याएर उनी नजीकैको सहरतर्फ लागे राजा नगर पुगेर एउटा सेठको दोकानमा पसे। आफू उज्जैन नगरको विका नामको नागरिक भएको भनी त्यस साहुलाई परिचय दिए

सेठले पनि उनलाई एक जना कुलीन मनुष्य भन्ने ठानी स्वागत सत्कार गर्‍यो ्र भाग्यवश त्यस दिन सेठको दोकानमा अलि बढी बिक्री भयो अनि सेठले राजालाई एउटा भाग्यमानी पुरुष ठानेर आफ्ना घरमा लिएर गयो ्र भोजनादि प्रदान गरी राजाको सेठले ऱाम्रै आवाभगत गर्‍यो। तर भोजन गर्दा राजाले बडो आश्चर्यजनक घटना देखे, त्यो के भने जुन ठाउँमा एउटा हार सिउरिएको देखिन्थ्यो, त्यो काँटीले नै त्यस हारलाई निल्दै थियो भोजनोपरान्त जब सेठ त्यस कक्षमा आए ठिक्क त्यतिबेला राखेको स्थानमा हार देखिएन उनले विकाबाहेक त्यस कक्षमा कसैले प्रवेश गरेको छैन, अतः उसैले यो हार चोरेको हुनुपर्छ भन्ने निश्चय गरे तर विकारूपी राजाले हार चोरेकै थिएनन्, तर परिबन्दले चोरीको दोषी हुनपुगे

चोरीको अभियोगमा उनलाई समातियो र त्यहाँका राजाले उनको मुद्दाको सुनुवाइ गर्दै हातखुट्टा काट्ने आदेश दिए राजाको फैसला कार्यान्वयन भयो अनि विका बनेका राजा विक्रमादित्य हातखुट्टाबिनाको शरीरका साथमा यत्रतत्र भौतारिंन थाले ्र केही समय व्यतीत भएपछि एक जना तेलीले त्यस अपाङ्ग राजालाई आफ्नो घरमा लिएर गयो र कोलमा राखेर बसीबसी गोरु धपाउने काममा लगायो ्र राजा कोलमा बसेर बोलीका भरमा गोरु धपाएर दिन गुजार्न थाले यी समस्त घटना भएपछि मात्र बल्ल शनिको साढेसातीको दशा समाप्त भयो वर्षा ऋतुको श्रावणभाद्रको हरियालीको मौसममा शारीरिक रूपले अशक्त राजा मल्हार नामको राग अलाप्न थाले उनको रागमा साङ्गीतिक मिठास अनुभव गरी त्यस सहरकी मनभावनी नामकी राजाकुमारी मोहित हुन पुगी

राजकन्याले त्यो राग गाउने व्यक्तिको होला भनी खोजीनीति गरी र त्यसको यथार्थ विवरण लिइआउन एउटी दासीलाई अह्राई। दासी त्यस रागको स्वर सुन्दै त्यसको श्रोत कता हो भन्दै सारा सहर घुमी, अन्त्यमा ऊ तेलीको घरमा पुगी। त्यहाँ उसले हातखुट्टाविहीन अपाङ्ग व्यक्ति तेलको कोलमा बसी राग अलाप्दै गोरु धपाउँदै गरेको दृश्य देखि ्र दासीले फर्किएर राजकुमारीलाई सम्पूर्ण वृतान्त सुनाई ्र दासीका कुरा सुन्नासाथ उसलाई त्यस राजाप्रति दया र अनुराग जागेर आयो, तुरुन्त उसले प्रण गरिहाली – जे जस्तो अवस्था आए पनि त्यसै अपाङ्गसँग विवाह गर्नेछु अब सितिमीति राजाले छोरीका कुरा स्वीकार गर्दैनन् भन्ने ठानेर राजकुमारीले अनशन गर्ने विचार गरी

दासीले रानीलाई राजकुमारीका यावत् समाचार भनी। रानीले राजकुमारीलाई अनशन गर्नुपर्ने कारण सोधिन् राजकुमारीले आमालाई मलाई उसको स्वर असाध्यै मन परेको हुनाले तेलीका घरमा बस्ने हातखुट्टाबिनाको अपाङ्गसँग म विवाह गर्छु भनेर बताई छोरीका कुरा सुनेर विचरी रानी छक्क परिन् अनि छोरीलाई सम्झाउन थालिन्, नानी तेरो बिहे त त्यस्ता कुँजालङ्गडासँग होइन कुनै देशको राजा वा राजकुमारसँग हुनुपर्दछ

कन्याले आफूले गरेको प्रण नत्याग्ने बताईन् रानीले चिन्ताग्रस्त भई यो प्रसङ्ग राजालाई सुनाइन् महाराजले पनि छोरीलाई सम्झाउने बुझाउने प्रयत्न गरे र भने म देश९देशांतरमा दूत पठाएर सुयोग्य,रूपवान् एवं अतिगुणी राजकुमार खोजी गर्छु र त्यसैसँग तिम्रो विवाह गरिदिन्छु तिमीले त्यस्ता अपाङ्गसँग विवाह गर्ने कल्पनासमेत गर्नुहुँदैन तथापि राजकुमारीले मानिन र पितालाई म प्राण नै त्यगिदिन्छु तर अन्य व्यक्तिसित विवाहबन्धनमा बाँधिन्न, मैले त्यसै अशक्तलाई मन अर्पण गरी पतिका रूपम वरण गरिसकें भनी छोरीका यस्ता कुरा सुनेर राजाले क्रोधपूर्वक भने – ल ठिकै छ, यदि तेरा भाग्यमा यही लेखेको भए तँलाई जसोजसो मन लाग्छ त्यसै गर्

राजाले तेलीलाई बोलाएर तेरा घरमा जुन अपाङ्ग गोठालो छ, त्यसलाई म कन्यादान गर्न चाहन्छु भने। तेलीले पनि यस्तो त हुनै सक्दैन भन्यो। राजाले भाग्यमा जे लेखिएको हुन्छ त्यो मेटिदैन भन्दै आफ्ना घर गएर विवाहको तैयारी गर्ने आदेश दिए राजाले पनि सम्पूर्ण तैयारी गरी पूर्ण साजसज्जाका साथ चौकाचँदुवा गरी राजकुमारीको विवाह विधिविधानपूर्वक त्यसै अपाङ्गसँग गरिदिए ्र विवाहको रात विक्रमादित्य र राजकुमारी महलमा सुतेका बेला मध्यरात्रीमा शनिदेवले राजाको स्वप्नमा आई दर्शन दिई हे राजन्१ मलाई सानो तुल्याएर हजुरले कति दुःख र कष्ट ब्यहोर्नु पर्‍यो भनेर सोधे राजाले भूल स्वीकार गरी शनिदेवसित क्षमायाचना गरे

शनिदेवले पनि राजालाई क्षमा गरिदिए र प्रसन्न भएर विक्रमादित्यका हातखुट्टा जस्ताको त्यस्तै बनाइदिए त्यसपछि राजा विक्रमादित्यले शनिदेवसित हजुरले मेरो प्रार्थना स्वीकार गरी मलाई दिए जत्ति दुःख अन्य कसैलाई पनि प्रदान नगर्नुहोला भनेर प्रार्थना गरे। शनिदेवले राजाको अनुरोधलाई स्वीकार गरे अनि राजालाई भने जुन मनुष्यले यो तिम्रो र मेरो कथा भन्नेछ वा श्रवण गर्नेछ, त्यसले मेरो विशेष दशा अर्थात् त्रिभागी, विंशोत्तरी, योगिनी, अढैया वा साढेसाती दशामा समेत म त्यसलाई कहिल्यै पनि दुःख दिन्न

जसले नित्य मेरो ध्यान गर्दछ वा कमिलालाई पिठोको चारा प्रदान गर्दछ, त्यसका समस्त मनोरथ पूर्ण हुनेछन् यत्ति भनेर शनिदेव आफ्ना लोकमा गए ्र यता राजकुमारी मनभावनीको निद्रा खुल्दा आफ्नो अशक्त र कुँजो पतिलाई सबलाङ्ग अवस्थामा देख्दा ऊ छक्क परी। ऊ छक्क परेको देखेर राजा विक्रमादित्यले आफ्नो सम्पूर्ण जीवनवृत्तान्त सुनाए साथै राति सपनामा शनिदेवले दर्शन दिई सबै कष्टहरण गरेको प्रसङ्गसमेत बताए। यी घटना सुनेर राजकुमारी अतीव प्रसन्न भई प्रातःकालमा सखीहरूले राजकुमारीसित बितेको रातको हालचाल सोद्धा उसले आफ्ना पतिका बारेमा भर्खरै थाहा पएका समस्त वृत्तान्त भनी

सबै प्रसन्न भए र ईश्वरलाई साधुवाद प्रकट गरे ्र एककान दुईकान हुँदै उता चोरीको आरोप लगाउने सेठले पनि यो घटना सुन्यो र ऊ राजा विक्रमादित्य नजीकै आई उसको खुट्टा समाती क्षमायाचना गर्न थाल्यो ्र राजाले ममाथि शनिदेवको प्रकोप थियो, त्यसैले मैले यत्तिका कष्ट र दुःख खेप्नु परेको हो, यसमा तपाईंको कुनै दोष छैन भन्दै साहुलाई क्षमा गरे। त्यसपछि सेठले महाराज१ सरकारले मेरा घरमा गई प्रीतिपूर्वक भोजन गर्नुभए मात्र म सन्तुष्ट हुनेछु भनी पुनः राजालाई बिन्ती गर्‍यो। राजाले साहुको अनुरोधलाई स्वीकार गरे। सेठले राजालाई घर लगेर अनेक प्रकारका सुन्दर व्यञ्जनका साथमा राजा विक्रमादित्यको प्रीतिभोजको आयोजन गर्‍यो ्र

राजाले भोजन गरेका बेला पुनः त्यो पहिलेकै आश्चर्यजनक घटना दोहोरियो ्र हार झुण्ड्याएको त्यो पहिलेको काँटीले आफूले निलेको हार ओकल्दै गरेको दृश्य त्यहाँ उपस्थित सबैले देखे। भोजनादिको कर्म समाप्त भएपछि सेठले हात जोड्दै राजालाई शाकम्बरी नामक आफ्नी छोरी कन्यादान गर्‍यो ्र केही समयसम्म त्यसै सहरमा निवास गरेर राजकुमारी मनोभावनी र सेठकन्या शाकम्बरीका साथै दाइजोमा प्राप्त धनधान्यादि तथा दास, दासी, रथ, घोडा, हत्ती, पालकी, तामदान आदिका साथमा राजा विक्रमादित्य आफ्ना ससुराहरू राजा र ब्यापारी दुबैसँग विदावारी भई उज्जैनतर्फ लागे

आफ्ना सहर उज्जैनका छेउमा पुग्दा राजालाई पुरवासीहरूले भव्य स्वागतसत्कार गरे प्रसन्नतापूर्वक राजा आफ्ना महलमा प्रवेश गरे सम्पूर्ण देशमा भव्य उत्सव मनाइयो र ग्रहदेवता शनिको प्रसन्नताका निम्ति दीपमाला गरियो भोलिपल्ट राजाले आफ्नो सम्पूर्ण राज्यमा शनिदेव समस्त ग्रहहरूमध्ये सर्वोपरि हुनुहुन्छ, मैले शनिश्चरलाई सानो भनेकाले यत्तिका धेरै दुःख र कष्ट भोग्नु पर्‍यो र पुनः उनैका कृपा र आशीर्वादले मेरा सुदिन प्राप्त भए भनी उर्दी जारी गरे

यसरी त्यस राज्यमा शनिदेवको पूजा, आराधना, व्रतोपवास र कथाश्रवण हुन थाल्यो राजा र प्रजा दुबै थरिले अनेक प्रकारका सुखभोग गर्नथाले जो कसैले शनिदेवको यो कथालाई पढ्छ वा सुन्छ, शनिदेवको कृपाले त्यसका समस्त दुःख नष्ट हुन्छन् शनिबारको व्रत लिनेले व्रतका दिन शनिदेवको यो कथाप्रसङ्ग अवश्य पाठ अथवा श्रवण गर्नु पर्दछ

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ९ : ४० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता