२०८१, १० बैशाख सोमबार

काभ्रे जिल्ला बैंक अफ किड्नीको रुपमा बदनाम हुदै

काभ्रे जिल्ला बैंक अफ किड्नीको रुपमा बदनाम हुदै


काभ्रेपलाञ्चोक, ५असोज छिमेकीको लहैलहैमा दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेच्ने काभ्रे जिल्लाका पुरुष समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् ।

उन्नाइस वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नगरपालिका–२ का नवराज मिजारले भन्नुभयो, “हामी चिरेको पेट छोपेर नुहाउने ग¥यौ, तर अब हामी मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौँ ।” उहाँ जिल्लामा हुने मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गौला बेच्दा पेटको बायाँतर्फ शल्यक्रिया गरेको आठ इञ्चको खत देखाउने गर्नुहुन्छ ।

नवराज भन्नुहुन्छ, “मैले मिर्गौला बेचेपछि दुखाइ काम गर्न रक्सी खाने गरे, मिर्गौलाको पैसा पनि सकेर जमीन पनि सकेँ, मैले रक्सी छाडेको तीन वर्ष भयो ।” उहाँले आफूलाई दलालले भारतस्थित दिल्लीमा जागीर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेको दुःखेसो पोख्नुहुन्छ ।

तेह्र वर्षअघि मिर्गौला बेच्नुभएका ज्याम्दीकै रामकुमार परियारले पनि मिजारजस्तै अन्य मिर्गौला बेच्नेको अभियानमा सहयोग गर्दै आउनुभएको छ । उहाँ आफूलाई काभे्र जिल्लाकै पातलेखेतका विनोद परियारले जागीर लगाइदिने भन्दै चारतस्थित चण्डीगढ पु¥याएर मिर्गौला बेच्न बाध्य पारेको बताउँदै यसबाट आफ्नो जीवन नै खतरायुक्त भएको दुखेसो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “भनेको जति त पैसा दिएनन्, त्यो पैसाले केही गर्न पनि सकिनँ, तर अन्यलाई मिर्गौला बेच्दाको असरबारे भन्ने गर्दैआएको छु ।” उहाँले भट्टराई थर भएको नक्कली नागरिकता बनाएर आफ्नो मिर्गौला निकालेको बताउनुभयो । कानूनमा मिर्गौला दान गर्न आफन्त हुनुपर्ने उल्लेख छ ।

मिर्गौला बेच्ने ज्याम्दीकै गणेश परियार र अमिक परियारले गाउँमा दलाललाई प्रवेश निषेध गरिएको बताउनुभयो । उहाँहरुले अब ज्याम्दीबाट कसैलाई पनि मिर्गौला बेच्ने जस्तो घृणित काममा लाग्न नदिने प्रण गर्नुभएको छ । गणेशले भन्नुभयो, “हामी खुलेरै लाग्छौँ, अब कसैको जीवन बर्बाद हुन दिन्नौँ ।”

‘बैंक अफ किड्नी’का रुपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रे जिल्लाबाट केही वर्षदेखि मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि गत जेठ १० गते तस्करले बनेपा नगरपालिका–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर एउटा मिर्गौला भक्तपुर–१ सल्लाघारीका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराए । यसबाट काभे्रपलाञ्चोक जिल्लामा मिर्गौला तस्कर फेरि पनि सल्बलाएको बताइन्छ ।

यसअघि २०७१ साल फागुनमा नमोबुद्ध नपा–२ की २ सन्तानकी गृहेणीले श्रीमान् विदेश जाँदाको ऋण तिर्न नसकेर तस्करमार्फत रु तीन लाखमा एउटा मिर्गौला बेचेकी थिइन् । पाँच वर्षदेखि काभ्रे जिल्लाको होक्से र ज्याम्दी गाविसमा चेतनामूलक कार्यक्रम गर्दैआएको जनअधिकार संरक्षण मञ्च ९पिपीआर०का निर्देशक सतिष शर्माले पीडितले खुलेर चेतना बाँड्दै हिँड्नु संस्थाको प्रयास सफल भएको दाबी गर्नुहुन्छ । उहाँ भन्नहुन्छ, “हामीले मिर्गौला बेचेपछि हुने गम्भीर शारीरिक समस्यासम्बन्धी जानकारी दिएका कारण पीडित आफैँ चेतनामूलक अभियानमा लाग्नुभएको छ ।”

पछिल्ला केही वर्षदेखि मिर्गौला झिकेपछि शल्यक्रिया गरेको घाउमा सर्जरी गरेर पठाउने गर्दा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हटेको भन्दै यहाँका मानिसले मिर्गौला बेच्न थप हौसिएको तथ्य खुलेको थियो । पिपीआरको प्रतिवेदनमा पाँचखाल नपाअन्तर्गत होक्सेबाट ११२ जना, पाँचखालबाट १०२ जना तथा मण्डन देउपुर नपाको ज्याम्दीबाट ५६ ले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख गरेको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २२ वर्षअघिदेखि मिर्गौला तस्करी हुनेगरेको थियो । होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले २०६८ सालमा गाउँ नै छाडेर हिँडेका थिए । काभे्र प्रहरीले २०७० वैशाखमा १० जना मिर्गौला तस्करलाई पक्रेर सात जनालाई कारवाही गरेको थियो । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी व्यवस्था छ ।
(रासस)

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ११ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने