२०८०, ८ आश्विन सोमबार

बसले ठक्करले काभ्रे सुनथानका मोटरसाइकल चालकको मृत्यु

बसले ठक्करले काभ्रे सुनथानका मोटरसाइकल चालकको मृत्यु


भक्तपुर, ५ असोज भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रनाउ शर्माले जानकारी दिनुभयो ।
–––

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ८ : २६ बजे

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।

तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

काठमाण्डौ । पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच

भारतमा बेचिएका दुई किशोरीको उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा