२०८१, ६ बैशाख बिहीबार

सङ्घीयता कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्छ :गच्छदार

सङ्घीयता कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्छ :गच्छदार


विराटनगर, १ असोज: नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्तिसुरक्षा कायम गर्नतर्फ क्रियाशील रहनुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रतिपक्षीले सरकारको काम हेरेर धारणा बनाउने गरेकाले दुई तिहाइ बहुमतको यो सरकार विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

उपनेता गच्छदारले सङ्घीयता कमजोर हुन नदिनतर्फ सरकार गम्भीर हुनुपर्ने बताउँदै जनताको चाहना र भावनालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ भन्नुभयो । नेपाली काङ्ग्रेसमा विगतदेखि नै रहेको विवाद समाधान हुनुपर्छ बताउँदै मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल र नेपाली काङ्ग्रेसबीच भएको सहमति कार्यान्वयन हुने आश्वासन आफूले पाएको पनि जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : २२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता