२०८०, १७ आश्विन बुधबार

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या

सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बजारमा पठाउन समस्या


मुस्ताङ, २८ भदौ: अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । बाढीपहिरोका कारण हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका हुन् । म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से खण्ड तथा मुस्ताङ थासाङ गाउँपालिका –३ लेते र ४ घासाँ गरी १५ ठाउँमा पहिरोले सडक बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको बेनी जोमसोम कोरला सडक आयोजनाका इन्जिनियर प्रदिप निरौलाले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक ७६ किलोमिटरको छ ।

सडक अवरुद्ध हुदाँ उत्तरी उपल्लो मुस्ताङका दुई गाउँपालिकाको वासिन्दालाई काठमाडौँ, पोखरा, जोमसोमसंगको यातायात सम्र्पक विच्छेद भएको छ । सडक अवरुद्ध स्थानीय वासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु कम्तीमा आठ ठाउँमा सवारीसाधन परिवर्तन गरेर वा पैदलयात्रा गर्न बाध्य भएका छन् ।

यसैगरी पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको छ भने कुन्जोमा स्वास्थ्य चौकी तथा आमा समुहको भवन पूर्णरुपमा क्षति पु¥याएको छ । थासाङ गाउपालिका २ सौरुमा बाढीले दश घरमा क्षति पु¥याएको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमासमेत समस्या भएको छ । दैनिकजसो सडक अवरुद्ध हँुदा बजारमा स्याउ पठाउन समस्या भएकाले कृषकहरु निराश बनेका छन् ।-रासस

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ७ : २० बजे

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ई

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ