२०८१, १२ बैशाख बुधबार

नेपाली काङ्ग्रेसद्धारा संसद् अवरुद्ध

नेपाली काङ्ग्रेसद्धारा संसद् अवरुद्ध


काठमाडौँ, २८ भदौ प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको छ ।

काङ्ग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको हो ।

बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के कारणले खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाइ पक्राउ गरिएको हो । जवाफ दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताउनुभयो । यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठ्नुभएको थियो ।

यसपछि सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गर्नुभएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले उपर्युक्त समयमा जवाफ दिनेछ, सरकारको जवाफ आउने छ ,सरकारको ती विषयमा जवाफ आउनेमा म विश्वस्त छु भन्नुभयो ।
सभामुख महराले प्रतिपक्षीदलका सांसदहरु आ–आफ्नो आसनबाट उठिरहनुभएकाले बैठक दश मिनेटका लागि स्थगित गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  १२ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने