२०८०, ४ आश्विन बिहीबार

धुन्चे–रसुवागढी राजमार्ग बन्द

धुन्चे–रसुवागढी राजमार्ग बन्द


रसुवा २५ भदौ: धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा आज साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ । करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स–साना ढुङ्गा झर्ने कार्य जारी भएकाले आज रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताउनुभयो । ठूलाठूला ढुङ्गा झरेका कारण पहिरो खोली राजमार्ग सुचारु गर्न तीन÷चार दिन लाग्ने अनुमान गरिएको सडक कार्यालयका डोजर अपरेटर राजेश दाहालले जानकारी दिनुभयो ।

अहिले साँझ ६ बजे खसेको ढुङ्गा विस्फोटन गराएर मात्र राजमार्ग खोल्न सकिने प्राविधिकहरुले बताएका छन् । बिरामी लिई चिलिमेबाट धुन्चे अस्पताल आएको एम्बुलेन्ससमेत परिरोका कारण रोकिएको छ । केरुङबाट सामान लिन आएका करीब ५०० कन्टेनर भन्सारबाट छुट्ने क्रममा रहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ९ : ०५ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका